Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

काठमाडौंका सबै टोलको प्राचिन नाम र विशेषता अब रञ्जना लिपि, देवनागरी र अंग्रेजी भाषामाः उपप्रमुख डंगोल


काठमाडौं। काठमाडौंं महानगरपालिकाले आफ्नो कार्य क्षेत्र भित्रका स्थानीय ठाउँका नामहरुको पुनःस्थापनाको तयारी थालेको छ । पुनरुत्थान गरिएका स्थानीय ठाउँका नामहरु नामपाटीमा रञ्जना लिपि, देवनागरिक लिपि र अंग्रेजी भाषा पनि राखिने पनि महानगरपालिकाले जानकारी दिएको छ । ०७५ सालबाट सुरुवात गरेको ‘क्यालिजात्रा’ ले नेपाल कला परिषद्को हलमा ‘नित्या रञ्जना’ युनिकोड फन्टको विमोचनका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यस्तो जानकारी दिनुभएको हो । ‘काठमाडौंका हरेक ठाउँको आफ्नो स्थानीय नाम छ । त्यो स्थानीय नाम नाम नै भएको भएर मात्रै महत्वपूर्ण भएको होइन,’ डंगोलले भन्नुभयो, ‘त्यो ठाउँको नामका पछि इतिहास जोडिएको छ ।’

उहाँले कुनै ठाउँको नामसँग त्यसको अर्थ समेत जोडिएको उल्लेख गर्नुभयो । ‘ती नामहरुलाई मर्न दिनु हुँदैन भनेर स्थानीय नामको पुनःस्थापना गर्ने कामको सुरुवात गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले त्यसको अध्ययन गरेर नै काम अघि बढाएका हौँ ।’ उहाँले पहिलो पटक पाँच वडा वडाबाट नमूनाका रुपमा काम अघि बढाएको समेत जानकारी दिनुभयो । त्यसका लागि ती वडाहरुको नाम पुष्टि गर्ने चरण पूरा गरेको पनि जानकारी दिनुभयो । महानगरपालिकाले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, वही, धारा, सत्तल, पाटीहरूको अध्ययनबाट प्राचीन नाम खोज्ने, संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग नाम पुष्टि गर्नेलगायतका काम गर्दै आएको छ । ‘अब हरेक स्थानको नाम आफ्नो सत्य–तथ्यका आधारमा प्राचिन नाम हुनेछ । त्यसको विषेश अर्थ रहने छ,’ डंगोलले भन्नुभयो, ‘प्राचिन नामसँगै राखिने नामपाटीमा रञ्जना लिपि, देवनागरी लिपि र अंग्रेजी भाषा प्रष्टसँग राखिने छ ।’ उहाँले अब रञ्जना लिपि राख्दा गल्ती होला कि भनेर कसैले डराउनै नपर्ने भन्दै त्यसको फन्टकै सुरुवात गरिसकेको जानकारी दिनुभयो । ‘अब कुनै विज्ञको साथ नलिइ पनि रञ्जना लिपि लेख्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘नामपाटीमा रञ्जना लिपि लेख्न आज विमोचन गरेको ‘नित्या रञ्जना’ युनिकोड फन्टले ठूलो सहयोग गर्ने अपेक्षा गरेका छौँ ।’ आधुनिकताका नाममा प्राचिन र मौलिक नाम नै लोप हुने खतरा बढेको भन्दै प्राचिन र मौलिक नामको संरक्षण, संवद्र्धनमा लागेको पनि डंगोलले जानकारी दिनुभयो ।

क्यूआर कोडसहितको नामपाटी राख्ने र कोड स्क्यान गरेपछि मूलबासीले प्रयोग गरेको नाम, नाम रहन गएको धार्मिक, सांस्कृतिक, भाषिक तथा ऐतिहासिक कारण, नामको व्युत्पत्ति, नामको अर्थ, मौलिक नाम, विभिन्न समयमा प्रयोग भएका पर्यायवाची शब्द, नामसँग सम्बन्धित ऐतिहासिक कालखण्ड, नामसँग सम्बन्धित जनश्रुति र किंवदन्ती, आगन्तुक व्यक्तिले उच्चारण गर्ने नामका विषयमा जानकारी प्राप्त गर्न सकिने महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्र (सिआइयुडी) सँगको सहकार्यका विभिन्न स्थानको प्राचीन नामबारे अध्ययनको काम अघि बढाएको विभागका निमित्त प्रमुख कुमारी राईले जानकारी दिनुभयो ।


प्रकाशित मिति: ४ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?