Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

ठगी र कृत्रिम अभाव हुन नदिने उद्योगमन्त्रीको प्रतिबद्धता


काठमाडौँ । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता ठगी र कृत्रिम अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा उहाँले उपभोक्ता ठगी, कृत्रिम अभाव, अनुचित मूल्य वृद्धि र अनुचित व्यापारिक कामलाई नियन्त्रण गर्न जोखिम तथा सूचना प्रणालीमा आधारित अनुगमन प्रणालीलाई व्यवस्थित र नतिजामुखी बनाउने बताउनुभयो ।

मन्त्री भण्डारीले उपभोक्ताको हित संरक्षणका विषयमा काम गरिरहेका सरोकारवालालाई साथमा लिएर स्वच्छ बजार तथा उपभोक्ता हित सम्बन्धी कामलाई परिणाममुखी बनाइने बताउनुभयो । उहाँले उपभोक्ता हित संरक्षणका लागि सरकारले तीनै तहका सरकारको जिम्मेवारी र जवाफदेहितासहितको आपूर्ति तथा उपभोक्ता हित संरक्षण नीति जारी गर्ने तयारी समेत गरिएको दोहोर्याउनुभयो ।

उहाँका अनुसार तीनै तहका सरकारबाट नियमित बजार अनुगमन, उपभोक्ता शिक्षा, उपभोक्ताको उजुरी तथा गुनासो व्यवस्थापन गरिने छ । मन्त्री भण्डारीले व्यावसायिक नैतिकता सहितको उत्पादन तथा बिक्री वितरणको वातावरण निर्माण गरी आर्थिक गतिविधिलाई तीव्रता दिनु अहिलेको प्राथमिकता रहेको बताउनुभयो ।

कार्यक्रममा विभागका प्रमुख जितु गौतमले तरकारीमा विषादीको परीक्षणविना भारतबाट तरकारी आयात भइरहेको उल्लेख गर्दै विषादीको परीक्षण नगरी तरकारी तथा फलफूलजन्य वस्तुको आयात पूर्णरूपले प्रतिबन्ध लगाइनुपर्ने बताउनुभयो । उहाँले बजारमा विभिन्न वस्तु र सेवामा भइरहेको कृत्रिम अभाव, कृत्रिम मूल्यवृद्धि, एकाधिकार, मिलेमतो, गुणस्तरहिन वस्तुको बिक्री, भ्रमपूर्ण विज्ञापन र नापतौल ठगीको कडाइका साथ नियन्त्रण गरिनुपर्नेमा जोड दिनुभयो ।


प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?