Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’


कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ । भीमदत्त नगरपालिकाको सहयोग एवं पहलमा नेपाल कमर्सियल आर्टिस्ट सङ्घले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरण गर्न थालेको हो । सङ्घमा आबद्ध दक्ष कलाकारले महेन्द्रनगर सौन्दर्यकरण गर्न श्रमदान गरेका छन् ।

हरेक वर्ष अरनिको दिवसको अवसरमा सामाजिक कार्य गर्दै आएको आर्टिस्ट सङ्घले नयाँ काम गर्ने उद्देश्यले भीमदत्त नगरपालिकाको सहयोगमा बजार सौन्दर्यकरण गरेको जनाएको छ । सङ्घले नगरपालिकालाई पेन्टिङ गर्न रङको व्यवस्थापनका लागि अनुरोध गरेको र सोहीबमोजिम नगरपालिको सामग्री उपलब्ध गराएपछि श्रमदानमा पेन्टिङ गर्न लागीएको नेपाल कमर्सियल आर्टिस्ट सङ्घ कञ्चनपुरका अध्यक्ष दिनेश विकले बताए ।

सङ्घले कला संस्कृतिको जगेर्ना गर्नु सबैको कर्तव्य हो भन्ने उद्देश्यले भीमदत्त नगरपालिकासँगको सहकार्यमा ट्राफिक चोकदेखि दशरथ चोकसम्मका भित्तामा सुदूरपश्चिमका कला र संस्कृति झल्किने चित्रकला कोरेर नगरलाई सौन्दर्यकरण गरिरहेको उनको भनाइ छ ।

त्यसैगरी भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले भीमदत्त नगरपालिकाले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरणका लागि पहल गरिएको बताए ।


प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?