Trending
>>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

जाे फलामको फोक्सो लिएर बाँचे….


पाउल एलेक्जेन्डर । ६ वर्षको हुँदा उनलाई पोलियो हुन्छ । जसको कारण घाँटीदेखि मुनिको भाग प्यारालाइज्ड हुन्छ । यसले गर्दा उनि शरीरकै क्षमताले स्वास फेर्न पनि सक्दैनन् । त्यो समयमा यसको सहज उपचार थिएन । यसैले डाक्टरले उनलाई फलामको सिलिन्डरभित्र राखिदिन्छन । जसको सहायताले उनि स्वास फेर्न सक्छन् ।

तर, फलामको सिलिन्डर भित्र कैद भएपनि उनि आफ्नो जिन्दगी भने कैद हुन् दिदैनन् । उनि स्कूल जान्छन, कलेज जान्छन, कानुन विषयमा डिग्री हासिल गर्छन् । र, वकिलको रुपमा पनि काम गर्छन् । उनका शरीरका कुनै पनि अंग नचले पनि उनले आफ्नो मुखको सहायताले आवश्यक कामहरू गर्न सक्छन् । उनले एउटा प्लास्टिकको सानो छेस्को मुखमा च्यापेर त्यसको सहायताले किबोर्डमा टाइप गरेर एउटा पुस्तक नै लेखेका छन् । त्यो लेख्न उनलाई ८ वर्ष लागेको थियो ।

‘आइरन-लङ्ग’ अर्थात् फलामको फोक्सो राखेका व्यक्ति लामो समय बाँच्न सक्दैनन् । डाक्टरले पनि उनि लामो समय बाच्न नसक्ने भनेका थिए । तर उनि, ७८ वर्ष बाँचेर  संसारबाट बिदा भएका छन् ।


प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?