Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

जाे फलामको फोक्सो लिएर बाँचे….


पाउल एलेक्जेन्डर । ६ वर्षको हुँदा उनलाई पोलियो हुन्छ । जसको कारण घाँटीदेखि मुनिको भाग प्यारालाइज्ड हुन्छ । यसले गर्दा उनि शरीरकै क्षमताले स्वास फेर्न पनि सक्दैनन् । त्यो समयमा यसको सहज उपचार थिएन । यसैले डाक्टरले उनलाई फलामको सिलिन्डरभित्र राखिदिन्छन । जसको सहायताले उनि स्वास फेर्न सक्छन् ।

तर, फलामको सिलिन्डर भित्र कैद भएपनि उनि आफ्नो जिन्दगी भने कैद हुन् दिदैनन् । उनि स्कूल जान्छन, कलेज जान्छन, कानुन विषयमा डिग्री हासिल गर्छन् । र, वकिलको रुपमा पनि काम गर्छन् । उनका शरीरका कुनै पनि अंग नचले पनि उनले आफ्नो मुखको सहायताले आवश्यक कामहरू गर्न सक्छन् । उनले एउटा प्लास्टिकको सानो छेस्को मुखमा च्यापेर त्यसको सहायताले किबोर्डमा टाइप गरेर एउटा पुस्तक नै लेखेका छन् । त्यो लेख्न उनलाई ८ वर्ष लागेको थियो ।

‘आइरन-लङ्ग’ अर्थात् फलामको फोक्सो राखेका व्यक्ति लामो समय बाँच्न सक्दैनन् । डाक्टरले पनि उनि लामो समय बाच्न नसक्ने भनेका थिए । तर उनि, ७८ वर्ष बाँचेर  संसारबाट बिदा भएका छन् ।


प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?