Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितलाई गाडीको व्यवस्था गरेर घर पठाए


काठमाडौं । पैसा नहुँदा घर फर्किन नपाएका मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडीको व्यवस्था गरेर घर पठाएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयका प्रमोद न्यौपानेका अनुसार, सहमतिपछि पनि घर फर्किन नपाएको थाहा पाएपछि गाडीको व्यवस्था गरेर घर फर्काइएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार ट्राफिक प्रहरीसँग समन्वय गरेर पीडितलाई घर फर्काउन गाडीको व्यवस्था गरिएको थियो । त्यसअनुसार ६ वटा गाडीमा पूर्व र पश्चिमका पीडितलाई बुधबार साँझ पठाइएको उनले बताए ।


प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?