Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

विश्वासको मतको पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती : प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका विषयमा पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती भएको बताएका छन् । विश्वासको मत लिने क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सदनमा भएको बहसले लोकतन्त्रलाई सजीव तुल्याउने विश्वास व्यक्त गरे । “सबै राजनीतिक दललाई गठबन्धन गर्न छुट छ, जनताको पक्षमा जे फाइदा हुन्छ, त्यही गर्ने हो,” प्रधानमन्त्री प्रचण्डले भने , “सबै दललाई जनताको पक्षमा उभिन आग्रह गर्दछु, राजनीतिक बुझाइअनुसार जनताको पक्षमा गठबन्धन बनाउने हो, त्यो सबैलाई स्वतन्त्र छ ।”

राष्ट्र र जनताको पक्षमा आफूले गठबन्धन गरेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले सोचेविचार गरेर जनताको आशा र अपेक्षालाई सम्बोधन गर्नका लागि नयाँ समीकरण बनाएको बताएका छन् । सबै मिलेर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले ठूलो सङ्घर्षपछि स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउला कि भन्ने आफूले नठानेको बताए । उनले ‘सबै पक्षबाट व्यक्त विचार र भावनालाई सम्मान गर्छु’ भनेका छन्।


प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?