Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

विश्वप्रकाश शर्माकाे प्रश्न-‘गर्मी लागे रूख,जाडाे लागे घाम ! धोका खाएकाहरू एकैठाउँ उभिए के हाेला प्रधानमन्त्रीज्यू?


काठमाडाैं । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले देशको अवस्था बदलौँ भन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नै बदलेको बताएका छन्। बुधबार विश्वासको मतका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

प्रचण्डले यसअघि सम्बोधनका क्रममा कांग्रेसलाई आफूले धोका दिएको भन्नु गलत हुने बताएका थिए। तर बरु नेकपा एमालेले आफूबाट धोका पाएको भन्नु जायज हुने प्रचण्डले बताएका थिए। यस्तोमा प्रचण्डबाट धोका खाएकाहरू एकैठाउँमा उभिन सक्ने शर्माले बताए। ‘धोका खाएकाहरू एकै ठाउँ आए भने राजनेतको हालत के होला?’, उनले भने, ‘अहिले विश्वासको संकट भएका बेला एकै वर्ष तीन पटक विश्वासको मत लिनु हुँदैछ प्रधानमन्त्रीले। हामीले स्थिति बदलौँ भनेको तर तपाईंले गठबन्धन बदल्नु भयो।’

उनले कोसी प्रदेशमा माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवार हारेको कुरालाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताएका छन्। ‘कोसी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा चित्त दुखेको कुरा स्वीकार्छौँ’, उनले भने, ‘कोसीमा जे भयो त्यसलाई ढाकछोप नगरी छलफल गरेर जान चाहन्थ्यौँ। कांग्रेसले महासमितिमा पेस गरेको आफ्नो दस्तावेजमा पनि त्यो कुरा लेखेको छ।’


प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?