Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

विश्वप्रकाश शर्माकाे प्रश्न-‘गर्मी लागे रूख,जाडाे लागे घाम ! धोका खाएकाहरू एकैठाउँ उभिए के हाेला प्रधानमन्त्रीज्यू?


काठमाडाैं । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले देशको अवस्था बदलौँ भन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नै बदलेको बताएका छन्। बुधबार विश्वासको मतका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

प्रचण्डले यसअघि सम्बोधनका क्रममा कांग्रेसलाई आफूले धोका दिएको भन्नु गलत हुने बताएका थिए। तर बरु नेकपा एमालेले आफूबाट धोका पाएको भन्नु जायज हुने प्रचण्डले बताएका थिए। यस्तोमा प्रचण्डबाट धोका खाएकाहरू एकैठाउँमा उभिन सक्ने शर्माले बताए। ‘धोका खाएकाहरू एकै ठाउँ आए भने राजनेतको हालत के होला?’, उनले भने, ‘अहिले विश्वासको संकट भएका बेला एकै वर्ष तीन पटक विश्वासको मत लिनु हुँदैछ प्रधानमन्त्रीले। हामीले स्थिति बदलौँ भनेको तर तपाईंले गठबन्धन बदल्नु भयो।’

उनले कोसी प्रदेशमा माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवार हारेको कुरालाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताएका छन्। ‘कोसी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा चित्त दुखेको कुरा स्वीकार्छौँ’, उनले भने, ‘कोसीमा जे भयो त्यसलाई ढाकछोप नगरी छलफल गरेर जान चाहन्थ्यौँ। कांग्रेसले महासमितिमा पेस गरेको आफ्नो दस्तावेजमा पनि त्यो कुरा लेखेको छ।’


प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?