Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

हाम्रो सुन्दर प्रकृति र वैभवशाली संस्कृति विश्वकै लागि आकर्षकः राष्ट्रपति


ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरपालिका बालकुमामारी क्वाछेँस्थित पुनःनिर्माण गरिएको बालकुमारी मन्दिरको बुधबार एक समारोहकाबीच उद्घाटन गर्नुभएको छ । नेपालको संस्कृति, सुन्दर प्रकृति र सम्पदाको वैभव विश्वकै लागि आकर्षक रहेको बताउँदै यो वैभवशाली सम्पदाको संरक्षण गर्न जरुरी रहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

उहाँले काठमाडौँ, भक्तपुर र किर्तिपुर कला र संस्कृतिको लागि धनी र वैभवशाली रहेको बताउँनुभयो । उहाँले भन्नुभयो–‘ कान्तिपुर, पाटन, किर्तिपुर र भक्तपुर कला र संस्कृतिका लागि वैभवशाली छ । यहीका मन्दिरहरूमा ३३ कोटी देविदेवता भेटिन्छन् ।’ राष्ट्रपति पौडेलले बालकुमारीको सुन्दर मन्दिर निर्माण हुनु प्रशंसनीय काम भएको बताउँदै ललितपुरमा रहेका पार्टी पौवा, मन्दिरको पुननिर्माण गरेर ललितपुर महानगरपालिकाले उदाहरणीय काम गरेको बताउँनुभयो ।


प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?