काठमाडौं । स्वर्गीय आरती साहको परिवार र गृह मन्त्रालय बीच पाँच बुँदे सहमति भएको छ । मंगलबार साँझ आन्दोलनरत आरती साहका परिवार र गृह मन्त्रालय बीच भएको छलफलमा पाँच बुँदे सहमति भएको हो ।
गृहमन्त्रि रवि लामिछाने पनि उपस्थित छलफलमा सहमतिसँगै शाहको परिवारले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । आरती साह आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलवार