Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

युध्द माेर्चादेखि राष्ट्रियसभा अध्यक्षसम्मः काे हुन नारायण दाहाल?


काठमाडाैं । राष्ट्रिय सभा अध्यक्षमा माओवादीका केन्द्रीय सदस्य नारायण दाहाल निर्वाचित भएका छन । ५६ सांसद् सहभागी भएकाे निर्वाचनमा कांग्रेसका युवराज शर्माले १७ मत पाएका थिए भने दाहालले विपक्षमा ३९ मत परेकाे थियाे ।

संक्षिप्त चिनारी
नाम नारायण प्रसाद दाहाल
जन्म मिति २०१२ फागुन १२
जन्म स्थान ढिकुरपोखरी, लेवाडे, कास्की
स्थायी ठेगाना भरतपुर महानगरपालिका- १४, चितवन
(२०१९ सालमा कास्कीबाट बसाइँ सरेर चितवन)
माता स्व. देउरुपा दाहाल
पिता स्व. कुलप्रसाद दाहाल
पत्नी दुर्गादेवी दाहाल
छोरी १, छोरा २, नातिनातिनी ६
शिक्षा
• २०३६ सालमा स्नातक, शिक्षाशास्त्र संकाय, सानोठिमी क्याम्पस, भक्तपुर
• २०३३ सालमा प्रमाणपत्र तह, बीरेन्द्र क्याम्पस, भरतपुर, चितवन
• २०३० सालमा एसएलसी, नारायणी विद्यामन्दिर, शिवनगर चितवन

राजनीतिक जिम्मेवारी
• वि.सं. २०२७ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश।
• वि.सं. २०३१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त (पुष्पलाल समूह)। बीरेन्द्र क्याम्पस, चितवनमा पार्टी कमिटीमा आबद्ध।
• २०३६ सालदेखि पूर्णकालीन (तत्कालीन चौथो महाधिवेशन)
• २०३७ सालदेखि पार्टीको जिम्मेवारी लिएर प्रवासमा। अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य, सहसचिव हुँदै कोषाध्यक्ष। पार्टीको गोरखपुर जिल्ला कमिटी सेक्रेटरी।
• २०४२ सालमा अखिल भारत नेपाली एकता समाजको महासचिव।
• २०४५ सालमा अखिल भारत नेपाली एकता समाजको अध्यक्ष।
• २०५१ सालमा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) को नेपालको तर्फबाट दक्षिण एसिया सदस्य।
• २०५३ सालमा अखिल भारत नेपाली एकता समाजको पुनः केन्द्रीय अध्यक्ष।
• २०५७ सालमा नेकपा (माओवादी) को केन्द्रीय सदस्य।
• २०६० सालमा नेकपा (माओवादी) भेरी कर्णाली व्यूरोअन्तर्गत जाजरकोट, सुर्खेत र डोल्पा इन्चार्ज।
• २०६३ असारमा नेकपा (माओवादी) कास्की जिल्ला इन्चार्ज।
• २०६४ पछि विभिन्न समयमा पार्टीका तत्कालीन नेवा तथा ताम्सालिङ राज्य समितिको सचिव र सह-इन्चार्ज।
• २०७४ असारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य तथा बागमती प्रदेशको अध्यक्ष।
• २०७७ सालमा नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश अध्यक्ष।
• २०७८ मंसिरमा सम्पन्न नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनबाट स्थायी समिति सदस्य तथा बागमती प्रदेशको सह-इन्चार्ज।

संसदीय यात्रा
• २०६३ – अन्तरिम व्यवस्थापिका संसद सदस्य
• २०६४-२०६९ संविधान सभा सदस्य। चितवन क्षेत्र नं. ३ बाट निर्वाचित
• २०७८ चैत २५ गते राष्ट्रिय सभा सदस्य (राष्ट्रपतिबाट मनोनित)
• २०८० फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित


प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?