Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

सीके राउतकाे खुलासा-‘बालेनलाई पक्राउ गर्न सेनापतिसहितकाे गोप्य बैठक तर, देउवाले राेके (भिडियाेसहित)


काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सिके राउतले काठमाडौंका मेयर बालेन शाहलाइ पक्राउ गर्ने तयारीकाे खुलासा गरेका छन् । उनले एक अन्तर्वार्तामा यसबारे खुलासा गरेका हुन । उनका अनुसारः ‘स्ट्याटसका कारण उनलाई पक्राउ गरौं भनेर बडो गोप्य तरिकाले बैठक डाकिएको रहेछ । एजेन्डा थाहा थिएन  । बैठकमा प्रधानसेनापतिदेखि प्रहरी प्रमुख र उपत्यकाका तीनैवटा जिल्ला सिडिओहरू पनि थिए। मेयर शाहलाई पक्राउ गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री प्रचण्ड र पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठको अडान थियाे ।

उनले भनेका छन,”उहाँहरू जसरी पनि ठोक्नुपर्छ भन्ने भाषा प्रयोग गर्दै हुनुहुन्थ्यो।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने बालेन शाहलाई पक्रन हुँदैन भन्ने अडान,’लोकतन्त्र छ, यस्तो बोलिराख्छन् भनेर देउवाजीले भन्नुभयो। बोल्दैमा के हुन्छ! बोल्न पाउनुपर्छ भन्ने उहाँको भनाइ थियो। बैठकमा कांग्रेस सभापति र माओवादी अध्यक्षको फरक विचारबाट आफूले लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिबीच फरक देखेकाे बताएका छन ।


प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?