Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सीके राउतकाे खुलासा-‘बालेनलाई पक्राउ गर्न सेनापतिसहितकाे गोप्य बैठक तर, देउवाले राेके (भिडियाेसहित)


काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सिके राउतले काठमाडौंका मेयर बालेन शाहलाइ पक्राउ गर्ने तयारीकाे खुलासा गरेका छन् । उनले एक अन्तर्वार्तामा यसबारे खुलासा गरेका हुन । उनका अनुसारः ‘स्ट्याटसका कारण उनलाई पक्राउ गरौं भनेर बडो गोप्य तरिकाले बैठक डाकिएको रहेछ । एजेन्डा थाहा थिएन  । बैठकमा प्रधानसेनापतिदेखि प्रहरी प्रमुख र उपत्यकाका तीनैवटा जिल्ला सिडिओहरू पनि थिए। मेयर शाहलाई पक्राउ गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री प्रचण्ड र पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठको अडान थियाे ।

उनले भनेका छन,”उहाँहरू जसरी पनि ठोक्नुपर्छ भन्ने भाषा प्रयोग गर्दै हुनुहुन्थ्यो।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने बालेन शाहलाई पक्रन हुँदैन भन्ने अडान,’लोकतन्त्र छ, यस्तो बोलिराख्छन् भनेर देउवाजीले भन्नुभयो। बोल्दैमा के हुन्छ! बोल्न पाउनुपर्छ भन्ने उहाँको भनाइ थियो। बैठकमा कांग्रेस सभापति र माओवादी अध्यक्षको फरक विचारबाट आफूले लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिबीच फरक देखेकाे बताएका छन ।


प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?