Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

रास्वपाले प्रतिनिधिसभाको सदस्यको उपनिर्वाचनमा मात्रै उम्मेदवारी दिने, प्रदेशमा नलड्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले इलाम- २ मा प्रतिनिधिसभाको सदस्यको उपनिर्वाचनमा भाग लिने र बझाङ- १ मा प्रदेश सभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको छ।

बैठकमा सरकारमा सहभागी हुने पार्टीको निर्णयलाई अनुमोदन गर्दै सरकारमा सहभागी मन्त्रीहरूलाई सहयोग गर्न र ऎतिहासिक अवसरलाइ सफल बनाउन हरसम्भव आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ।

निर्णयमा भनिएको छ ‘यस ऐतिहासिक अवसरलाई सफल बनाउन आवश्यक योगदान र समन्वय गर्ने तथा सरकारको कार्यसम्पादनको आवधिक समीक्षा गर्ने र पार्टीका विविध मोर्चा (सरकार, संसद्, संगठन)मा सल्लाह–सुझावका आधारमा सहयोगी टिमहरू गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने,’ ।

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भाग लिने र प्रदेश सभाको उपनिर्वाचन भाग नलिने निर्णय भएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए। आगामी वैशाख १५ गते हुने इलाम- २ मा प्रतिनिधिसभाको र बझाङ- १ मा प्रदेश सभाको उपनिर्वाचन हुँदै छ।


प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?