Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

रास्वपाले प्रतिनिधिसभाको सदस्यको उपनिर्वाचनमा मात्रै उम्मेदवारी दिने, प्रदेशमा नलड्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले इलाम- २ मा प्रतिनिधिसभाको सदस्यको उपनिर्वाचनमा भाग लिने र बझाङ- १ मा प्रदेश सभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको छ।

बैठकमा सरकारमा सहभागी हुने पार्टीको निर्णयलाई अनुमोदन गर्दै सरकारमा सहभागी मन्त्रीहरूलाई सहयोग गर्न र ऎतिहासिक अवसरलाइ सफल बनाउन हरसम्भव आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ।

निर्णयमा भनिएको छ ‘यस ऐतिहासिक अवसरलाई सफल बनाउन आवश्यक योगदान र समन्वय गर्ने तथा सरकारको कार्यसम्पादनको आवधिक समीक्षा गर्ने र पार्टीका विविध मोर्चा (सरकार, संसद्, संगठन)मा सल्लाह–सुझावका आधारमा सहयोगी टिमहरू गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने,’ ।

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भाग लिने र प्रदेश सभाको उपनिर्वाचन भाग नलिने निर्णय भएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए। आगामी वैशाख १५ गते हुने इलाम- २ मा प्रतिनिधिसभाको र बझाङ- १ मा प्रदेश सभाको उपनिर्वाचन हुँदै छ।


प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?