Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

मंगलबार राष्ट्रिय सभा अध्यक्षकाे चुनाव,मैदानमा शर्मा-दाहाल आमनेसामने


काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बिहान शर्माले उम्मेदवारी दर्ता गरेका हुन्।

शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिने भएको छ। उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन्। मंगलबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि निर्वाचन हुनेछ। राष्ट्रिय सभामा कांग्रेसका १६ र लोसपाका १ जना सांसद छन् ।

 साथै  माओवादी केन्द्रका सांसद नारायण दाहालले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। संघीय संसद नयाँ बानेश्वरमा सोमबार बिहान दाहालले उम्मेदवारी दर्ता गरेका हुन्। दाहाल सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार छन्।

दाहालको प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की छन्। समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद छन्। मंगलबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि चुनाव हुनेछ।


प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?