Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

काठमाडाैं महानगरका पाँच हजार कुकुर बिरालोको बन्ध्याकरण !


काठमाडाैं । काठमाडाैं महानगर क्षेत्रका पाँच हजार कुकुर र बिरालोको बन्ध्याकरण गरिएकाे छ । मेयर बालेन शाहका अनुसार १२० दिनमा हामीले लगभग ४९३८ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरिएकाे हाे । उनले यसबारे भनेका छन:

१२० दिनमा हामीले लगभग ४९३८ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरेका छौँ । यस्तै ११३०८ वटा कुकुर तथा बिरालोलाई रेबिज विरुद्धको खोप दिएको छौ । यही गतिमा काम गरेर अब ३ देखि ४ बर्ष भित्र सामुदायिक कुकुर र विरालो सबैको संख्या घटाउदै जानेछौ ।

हामीले सोचेजस्तो धेरै कुकुर र विरालोको संख्या भेटिएन । टोलमा भेटिएका कुकुर विरालाहरुलाई वडाका प्रतिनिधिको रोहवरमा अभिलेखन गरेर पशुकल्याण तथा पशु अधिकारलाई आत्मसात गर्दै समाउने, बन्ध्याकरणका लागि सेल्टरमा लैजाने तथा उपचारपछि पुनस्र्थापना गरिरहेका छौँ । बन्ध्याकरण गरिएका कुकुर विरालोको एअर नोच (कानमा सानो चिन्ह) लगाएको छ ।

हाम्रो लक्ष्य भनेको सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने हो । तपाईँले एअर नोच नभएका कुकुर विराला देख्नुभयो भने हाम्रो कल सेन्टरको निःशुल्क फोन नं. ११८० मा सम्पर्क गरेर जानकारी गराउन सक्नुृहुनेछ । हामी यस्ता कुकुर विरालालाई बन्ध्याकरण तथा रेविज विरुद्धको खोप सेवा उपलब्ध गराउँछौँ ।


प्रकाशित मिति: २६ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?