Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

अफगानिस्तान सडक दुर्घटनामा सात जनाको मृत्यु


एजेन्सी । पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तमा गाडी अनियन्त्रित भई दुर्घटना हँदा सात यात्रुको मृत्यु भएको र अन्य तीन जना घाइते भएको प्रान्तीय ट्राफिक प्रहरी अधिकारी अबिदुल्लाह मिरवाइसले शनिबार बताएको छ।

दिलाराम जिल्लालाई प्रान्तीय राजधानी जरन्ज सहरसँग जोड्ने सडकमा शुक्रबार राति सडक दुर्घटना हुँदा चार पुरुष, दुई महिला र एक बच्चाको घटनास्थलमै मृत्यु भएको र एक बालकसहित अन्य तीन जना घाइते भएको अधिकारीले बताए ।
अफगानिस्तानमा बुधबारको दुर्घटनामा पूर्वी गजनी प्रान्तमा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।
अफगान अधिकारीहरूका अनुसार त्रुटिपुर्ण ड्राइभिङ, भीडभाडयुक्त सडक, यात्राको क्रममा सुरक्षा उपायहरू अवलम्बन नगरिनु र जीर्ण राजमार्गहरू सडक दुर्घटनाका प्रमुख कारण हुन् ।

राष्ट्रिय ट्राफिक अधिकारीहरूको पछिल्लो तथ्याङ्कले गत दश महिनामा अफगानिस्तानमा सडक दुर्घटनामा परी एक हजार छ सयभन्दा बढी मानिसको मृत्यु भएको र चार हजारभन्दा बढी घाइते भएको देखाएको छ ।


प्रकाशित मिति: २६ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?