Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

अफगानिस्तान सडक दुर्घटनामा सात जनाको मृत्यु


एजेन्सी । पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तमा गाडी अनियन्त्रित भई दुर्घटना हँदा सात यात्रुको मृत्यु भएको र अन्य तीन जना घाइते भएको प्रान्तीय ट्राफिक प्रहरी अधिकारी अबिदुल्लाह मिरवाइसले शनिबार बताएको छ।

दिलाराम जिल्लालाई प्रान्तीय राजधानी जरन्ज सहरसँग जोड्ने सडकमा शुक्रबार राति सडक दुर्घटना हुँदा चार पुरुष, दुई महिला र एक बच्चाको घटनास्थलमै मृत्यु भएको र एक बालकसहित अन्य तीन जना घाइते भएको अधिकारीले बताए ।
अफगानिस्तानमा बुधबारको दुर्घटनामा पूर्वी गजनी प्रान्तमा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।
अफगान अधिकारीहरूका अनुसार त्रुटिपुर्ण ड्राइभिङ, भीडभाडयुक्त सडक, यात्राको क्रममा सुरक्षा उपायहरू अवलम्बन नगरिनु र जीर्ण राजमार्गहरू सडक दुर्घटनाका प्रमुख कारण हुन् ।

राष्ट्रिय ट्राफिक अधिकारीहरूको पछिल्लो तथ्याङ्कले गत दश महिनामा अफगानिस्तानमा सडक दुर्घटनामा परी एक हजार छ सयभन्दा बढी मानिसको मृत्यु भएको र चार हजारभन्दा बढी घाइते भएको देखाएको छ ।


प्रकाशित मिति: २६ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?