Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

यूएन वुमनको अन्तराष्ट्रिय सम्मेलनमा महिलामन्त्री चौधरीको नेतृत्वमा प्रतिनिधि मण्डल जाँदै


काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जानु हुने भएको छ । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लाग्नु भएको हो ।

२६ फागुन (शनिबार) मन्त्री चौधरीको नेतृत्वमा मन्त्रालयका सचिव सुमनराज अर्यालसँगै २ सहसचिव सहित ७ जनाको टोली सम्मेलनमा भाग लिन जानेछ । मन्त्री चौधरीको नेतृत्वको टोलीलाई सम्मेलनमा भाग लिन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको नेतृत्वमा सम्मेलनमा भाग लिने भनेर अघिल्लो गठबन्धनको सरकारको मन्त्रिपरिषद्ले नै निर्णय गरेको थियो । सोहि निर्णय अनुसार नवनियुक्त मन्त्री चौधरीले प्रतिनिधि मण्डलको नेतृत्व गरेकी हुन । देशको प्रतिनिधित्व गर्दै मन्त्रीकै नेतृत्वमा सम्मेलनमा भाग लिन जाने अन्तराष्ट्रिय प्रचलन रहेकोले मन्त्री चौधरीले भ्रमणको नेतृत्व गर्नेछिन् ।

सम्मेलनमा महिला आयोगबाट ३ जना पदाधिकारी र २ कर्मचारीसहित ५ जना, राष्ट्रिय योजना आयोगबाट महिला मामिला हेर्ने सदस्य, समाज कल्याण परिषदबाट २ जनासहित महिला अधिकारवादीहरु समेतको सहभागिता रहनेछ । कार्यक्रममा सहभागी हुन विभिन्न महिला अधिकारवादी संघ संस्थाबाट पनि प्रतिनिधिहरु गइरहेका छन् ।

यसैविच सामाजिक सञ्जालमा आएको अफवाह प्रति महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको सचिबालयले ध्यानाकर्षण भएको जनाएको छ । अघिल्लो गठबन्धन सरकारको मन्त्रिपरिषद्ले सम्मेलनमा भाग लिन जाने निर्णय गरेकोमा सरकार परिवर्तन भएसँगै अघिल्लो मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार नवनियुक्त मन्त्री चौधरीको नेतृत्वमा सम्मेलनमा जान लागिएको सचिवालयले जनाएको छ ।

मन्त्री नेतृत्वको प्रतिनिधि मण्डलमा अमेरिकास्थित नेपाली दूतावासबाट ३ जना सहभागी हुने बताइएको छ । मन्त्रालयका अधिकारी सहित मन्त्री र सचिवको भ्रमण खर्च सरकारले ब्यहोर्ने छ । अन्यहरु व्यक्तिगत खर्चमा अमेरिका जानेछन् ।

चौधरी बुधबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएकी हुन् । बुधबारै मन्त्रालयको कार्यभार सम्हालेसँगै मन्त्री चौधरीले सचिव, सहसचिव लगायत कर्मचारीहरुसँग महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका सवालमा प्रत्यक्ष देखीने कार्यहरु गर्न आफु आएकोले सकारात्मक र रचनात्मक सहयोग गर्न अनुरोध गरेकी थिइन । सोही बखत मन्त्री चौधरीले महिलाका सवालमा ग्रासरुटसम्मै काम गर्न ७७ वटै जिल्लाहरुमा पुग्ने गरी आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रम बनाउन पनि निर्देशन दिएकी थिइन ।


प्रकाशित मिति: २६ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?