Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

बेपत्ता भाइसित चार दशकपछि सम्पर्क हुँदा…


४ चैत्र, सुर्खेत । परिवारबाट सम्पर्कविहीन भएको चार दशकपछि कुनै व्यक्ति सम्पर्कमा आयोभन्दा पत्यार नलाग्न सक्छ, तर यो यथार्थमा साबित भइदिँदा कञ्चनपुरको महेन्द्रनगरका रामदत्त कलौनीको घरमा खुसीको सीमा छैन।

पुर्ख्यौली घर बैतडीको दोगडा केदार गाउँपालिकाको रिम भएका परमानन्द कलौनी बेपत्ता भएको चार दशकपछि दाजु रामदत्त कलौनीको सम्पर्कमा आएका छन्। विसं २०३८ पछि परिवारबाट टाढिएका परमानन्द डडेल्धुराको आलितालका हरिसिंह मडैमार्फत् महेन्द्रनगरमा रहेका दाजु रामदत्तको सम्पर्कमा आएका हुन्।

‘घरबाट २०३८ सालमा निस्कदा त्यो बेला डडेल्धुरामा सडक बनाउने काममा मजदुरी गथ्र्यो भन्ने सुनिएको थियो’, चार दाजुभाइमध्येका जेठा रामदत्तले भने, ‘माइलो परमानन्द जोगबुढा हुँदै डोटीका स्थानीय युवासित भारत पसेको कुराकानीका क्रममा खुल्यो।’

बैतडीबाट २०५० सालको सेरोफेरोमा महेन्द्रनगर बसाइँ सरेका रामदत्तले भाइ भेटिनेमा आशा नै मारिसकेका थिए। तर बिहीबार साँझ आलितालका मडैमार्फत बैंग्लोरमै घरजम गरेर बसेका भाइसित टेलिफोन सम्पर्क भएको बताए।

‘आलितालका कांग्रेस नेता जनक कलौनी र हरि मडै साथी रहछेन्’, उनले भने, ‘मडैजीलाई बैंग्लोरमा डेढ दशकअघि देखि मेरै भाइले जागिर लगाएको रहेछ।’ बैंग्लोरमा कार्यरत सेक्युरिटी कम्पनीमा परमानन्द ‘प्रेम शर्मा’ का नामले परिचित रहेछन्।

‘परमानन्द र हरिबीच पुर्ख्यौली घरका बारेमा कुराकानीका क्रममा मेरो भाइको पत्ता लाग्यो’, खुसीले गद्गद् भएका रामदत्तले भने, ‘यसबीचमा भारतका धेरै ठाउँ तथा काठमाडौंसम्म खोजे, पत्ता लागेन।’

भाइसित बिहीबार र शुक्रबार बिहान टेलिफोन कुराकानीपछि बैंग्लोरबाट फोटोसमेत पठाइदिएको उनी बताउँछन्। ‘बैंग्लोरमा नयाँ घर बनाइरहेकाले घरको काम सकिएपछि महेन्द्रनगर आउने र पहाड जाने दाजु/भाइको सल्लाह भयो,’ रामदत्तले भने, ‘बुबा/आमाको हालखबर सोध्थ्यो, मैले निधन भइसकेको सुनाएँ।’

मडैसित बैतडीको रिम घर भन्ने परिचय दिएपछि परमानन्दको घरपरिवारसित सम्पर्क हुन पुगेको हो। ‘भाइको घरजम भएर छोरीबाट नातिनी पनि भइसकेछ’, रामदत्तले भने, ‘ज्योतिषकहाँ हेराउन जाँदा पनि जिउँदै छ भन्थे।’


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?