Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

रक्तदानलाई निरन्तर अभियानकै रुपमा सन्चालन गर्नुपर्छ: मन्त्री शर्मा


काठमाडौ। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सन्चालन गर्नुपर्ने बताएकी छिन ।

ब्ल्ड डोनर्स एशोसियशन नेपाल (ब्लोदान)को आयोजनामा आजदेखि सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय रक्तसम्मेलन उद्घाटन गर्दै उहाँले स्वयंसेवी रक्तदाताको संख्या बढाउन सरकारी र गैरसरकारी क्षेत्रबाट निरन्तर अभियान सन्चालन गर्नुपर्ने बताईन । रक्तदान सम्बन्धी जनचेतना जागृत गर्न सरकारले विशेष ध्यान दिने प्रतिबद्धता पनि उनले ब्यक्त गरिन । सरकारले प्रदान गर्ने लोककल्याणकारी बिज्ञापनमा रक्तदाता सचेतनासम्बन्धी सामग्री थप्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री शर्माले अन्य सार्वजनिक सूचना र सन्देशमा पनि यसलाई अनिवार्य बनाएर बताएकी छिन ।

दाताले रगत निशुल्क दान गरे पनि प्रशोधनलगायत सेवा शुल्क लिदा रगत लिनेले शुल्क तिर्नुपर्ने बाध्यताता रहेकाले यसलाई हटाउन आवश्यक बजेट व्यवस्थापनका लागि सरकारले ध्यान दिने प्रतिबद्धता पनि मन्त्री शर्माले व्यक्त गरिन । सामान्य अवस्थामा पनि रगत आवश्यक पर्ने उल्लेख गर्दै उनले नेपाल विपदको जोखिममा रहेकाले आपतकालीन रगत व्यवस्थापनलाई समग्र विपद व्यवस्थापनकै एउटा पाटोको रुपमा जोडेर लैजानुपर्ने बताईन ।

रेडक्रस, ब्लड डोनर्स एशोसियशन जस्ता सस्थाले नेपालमा रगत व्यवस्थापनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोम उल्लेख गर्दै उनले यसलाई देशकै निरन्तर अभियानको रुपमा सन्चालन गर्नुपर्ने बताएकि छिन ।


प्रकाशित मिति: २६ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?