Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

गाँजाका यस्ता बैज्ञानिक तथ्यः प्रयाेग गर्न जाने लाभैलाभ, नजाने बरबाद !


काठमाडौं । आज महाशिवरात्रि । विशेष गरेर आजको दिनलाई भगवान शिवको प्रसादको रुपमा गाँजा सेवन गर्ने प्रचलन रहेको छ । कुनै समय लागुऔषधका रूपमा लिइने गाँजा बैज्ञानिकले यसको फाइदा पुष्टि गरेसँगै पछिल्लो समय वैधानिक बन्दै गएको छ ।

गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान भएका छन् । खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोग उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ ।

–शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ ।

–निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्याजस्ता रोग निको पार्न गाँजाको औषधि प्रयोग गरिन्छ ।

–गाँजाको कण मिसाएर तयार पारिने ‘लक्ष्मीविलास रस’ नाकबाट पानी बग्ने रोगमा अचुक ओखती मानिन्छ ।

–अनिद्रा र उच्चरक्तचापका बिरामीलाई दिइने ‘सर्पगन्धा’ मा गाँजाको कण हुन्छ ।

–मानसिक र डिप्रेसनका बिरामीलाई यसैबाट बनेको ‘मोदनानन्द मोदक’ दिइन्छ ।

–बिरामी लठ्याउन वा उसको पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौं वर्षदेखि गाँजा प्रयोग हुँदै आएको छ ।

–क्यान्सर बिरामीलाई गाँजा मिसाइएको औषधि दिँदा पीडा कम हुनुका साथै निराशाबाट बाहिर ल्याउन मद्दत गर्छ ।

–‘रामबाण रस’ वा ‘रातोबरी’ भन्ने औषधिले जस्तोसुकै झाडापखाला निको पार्ने उनको दाबी छ । यी दुवैमा गाँजाको कण हुन्छ ।

यस्ता छन् गाँजा खानुका बेफाइदा

– गाँजा सेवनले मस्तिष्कमा नकारात्मक असर पर्ने गर्छ ।

यसको प्रभाव मस्तिष्कमा हावी भएपछि बाहिरी वातावरणसँगको प्रभाव कम गराउँछ र आफूले गरेका काम थाहा नहुने, होस नहुने र व्यवहारमा परिवर्तन ल्याउने अर्थात् हाँसेको हाँस्यै वा रोएको रोऐ हुने हुन्छ ।

– गाँजा सेवनले मुटुको चाल बिगार्छ, रक्तचापमा उतारचढाव ल्याउँछ र हृदयाघातसम्म गराउँछ ।

– त्यसका साथै निद्रा नलाग्ने र श्वास फेर्न गाह्रो हुने समस्या पनि देखिन्छन् । आँखा रातो हुने, बान्ता हुने, रिंगटा लाग्ने पनि हुन सक्छ । ‘फोक्सोमा समस्या, दम र दिमागी असन्तुलन हुने दीर्घकालीन रोग लाग्छन् ।

– गाँजामा पाइने ‘क्यानाविनोइड’ नामक रसायनले तुरुन्त मस्तिष्कमा प्रतिक्रिया गराउँछ । जसले गर्दा कुनै कुरामा डराउने, ध्यान केन्द्रित नहुने, सोचमग्न र एकाग्र हुने, कुनै अवस्थाबारे स्वतः प्रतिक्रिया जनाउने, निर्णय गर्ने क्षमतामा प्रतिकूल असर पर्ने हुन्छ ।

– गाँजा सेवन गर्ने व्यक्ति कडा डिप्रेसनको सिकार बन्ने सम्भावना बढी हुने गर्छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?