Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

गाँजाका यस्ता बैज्ञानिक तथ्यः प्रयाेग गर्न जाने लाभैलाभ, नजाने बरबाद !


काठमाडौं । आज महाशिवरात्रि । विशेष गरेर आजको दिनलाई भगवान शिवको प्रसादको रुपमा गाँजा सेवन गर्ने प्रचलन रहेको छ । कुनै समय लागुऔषधका रूपमा लिइने गाँजा बैज्ञानिकले यसको फाइदा पुष्टि गरेसँगै पछिल्लो समय वैधानिक बन्दै गएको छ ।

गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान भएका छन् । खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोग उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ ।

–शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ ।

–निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्याजस्ता रोग निको पार्न गाँजाको औषधि प्रयोग गरिन्छ ।

–गाँजाको कण मिसाएर तयार पारिने ‘लक्ष्मीविलास रस’ नाकबाट पानी बग्ने रोगमा अचुक ओखती मानिन्छ ।

–अनिद्रा र उच्चरक्तचापका बिरामीलाई दिइने ‘सर्पगन्धा’ मा गाँजाको कण हुन्छ ।

–मानसिक र डिप्रेसनका बिरामीलाई यसैबाट बनेको ‘मोदनानन्द मोदक’ दिइन्छ ।

–बिरामी लठ्याउन वा उसको पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौं वर्षदेखि गाँजा प्रयोग हुँदै आएको छ ।

–क्यान्सर बिरामीलाई गाँजा मिसाइएको औषधि दिँदा पीडा कम हुनुका साथै निराशाबाट बाहिर ल्याउन मद्दत गर्छ ।

–‘रामबाण रस’ वा ‘रातोबरी’ भन्ने औषधिले जस्तोसुकै झाडापखाला निको पार्ने उनको दाबी छ । यी दुवैमा गाँजाको कण हुन्छ ।

यस्ता छन् गाँजा खानुका बेफाइदा

– गाँजा सेवनले मस्तिष्कमा नकारात्मक असर पर्ने गर्छ ।

यसको प्रभाव मस्तिष्कमा हावी भएपछि बाहिरी वातावरणसँगको प्रभाव कम गराउँछ र आफूले गरेका काम थाहा नहुने, होस नहुने र व्यवहारमा परिवर्तन ल्याउने अर्थात् हाँसेको हाँस्यै वा रोएको रोऐ हुने हुन्छ ।

– गाँजा सेवनले मुटुको चाल बिगार्छ, रक्तचापमा उतारचढाव ल्याउँछ र हृदयाघातसम्म गराउँछ ।

– त्यसका साथै निद्रा नलाग्ने र श्वास फेर्न गाह्रो हुने समस्या पनि देखिन्छन् । आँखा रातो हुने, बान्ता हुने, रिंगटा लाग्ने पनि हुन सक्छ । ‘फोक्सोमा समस्या, दम र दिमागी असन्तुलन हुने दीर्घकालीन रोग लाग्छन् ।

– गाँजामा पाइने ‘क्यानाविनोइड’ नामक रसायनले तुरुन्त मस्तिष्कमा प्रतिक्रिया गराउँछ । जसले गर्दा कुनै कुरामा डराउने, ध्यान केन्द्रित नहुने, सोचमग्न र एकाग्र हुने, कुनै अवस्थाबारे स्वतः प्रतिक्रिया जनाउने, निर्णय गर्ने क्षमतामा प्रतिकूल असर पर्ने हुन्छ ।

– गाँजा सेवन गर्ने व्यक्ति कडा डिप्रेसनको सिकार बन्ने सम्भावना बढी हुने गर्छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?