Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

महिलामैत्री नीति र कानुन निर्माणका लागि निरन्तर भूमिका खेल्नेछु : देउवा


काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत साधन समिति सभापति डा आरजु राणा देउवाले महिलामैत्री नीति र कानुन निर्माणका लागि संसदमा क्रियाशील रहने बताएकी छन् । महिला हक अधिकारका लागि लामो समयदेखि पैरवी गर्दै आएकी कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी सांसद देउवाले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै सूचना प्रविधिमा महिलाको पहुँच स्थापित गर्न नीतिगत सुधारमा क्रियाशील रहने बताएकी हुन् । प्रतिनिधि सभा सदस्यको हैसियतमा मैले व्यक्तिगत रूपमा महिला मैत्री नीति र कानुनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछु । प्रविधिको पहुँचमा लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिने गरी नीतिगत सुधारमा काम गर्नेछु उनले भनेकी छन्, आजको दिन ग्रामीण र सीमान्तकृत समुदायका महिलाहरूको प्रविधि साक्षरता बढाउँदै सूचना प्रविधिको क्षेत्रमा उनीहरूको पहुँच पुर्याउने नीतिगत सुधारमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु । महिला सशक्तीकरणको विषय केवल महिलाको मात्र मुद्दा होइन । यसका लागि महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका आवश्यक पर्दछ ।

उनले विश्वभर आज पनि महिलामाथि कुनै न कुनै प्रकारका विभेदहरू कायमै रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अवसरमा महिलाहरूको पहुँच अझै पनि सन्तुष्ट हुने स्तरमा पुग्न नसकेको बताएकी छन् । महिलाहरूले कार्यस्थलमा विभेदका साथै समान अवसरहरुका क्षेत्रमा बाधा र भेदभाव भोग्दै आएका छन् । तर हामी सबैले हातेमाले गरेर यी चुनौतिहरु पन्छाउदै जानुपर्ने छ । आपसी सहकार्यबाट महिलाका लागि विभिन्न क्षेत्रमा भएका अवरोधहरु तोड्न सबै लागि पर्नुपर्ने अवस्था छ, कृषि समिति सभापति देउवाले भनेकी छन् ।

विकसित मुलुकहरूको तुलनामा नेपाली नारीहरूले आधारभूत आवश्यकतामै विभेद र शोषण भोग्दै आएको उनको दावी छ । उनीहरूलाई न्याय र समानता दिलाउने उद्धेश्य हामी सम्पूर्ण नारीहरूको मात्रै नभई नारी र पुरूष दुवैको हो । महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न संविधान र कानुनमार्फत अभ्यासमा आएका छन्, विज्ञप्तिमा भनिएको छ, नेपाली नारीहरुले आफुले पाएका अवसरमा सफलता प्रमाणित गरिसकेका पनि छन् । हामी महिलाहरू परिवार, समुदाय र राष्ट्रकै नेतृत्वकर्ता हौं । महिलाहरू समाजका हरेक क्षेत्रमा सफल हुँदै आएको हाम्रो गौरवमय इतिहास पनि छ । यद्यपि, हामीले अझै पनि धेरै काम गर्न बाँकी छ । आज अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ ।


प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?