Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

भृकुटीमण्डपमा भेटियाे ‘गौशाला २६’ काे विवादीत नागरिकता, लाग्ला किर्ते मुद्दा?


काठमाडौं । ‘गौशाला २६’ काे नागरिकता भृकुटीमण्डपमा भेटिएकाे छ । सामाजिक सञ्जालमार्फत उनकाे नागरिकता हराएकाे र भेटिएकाे पत्ता लागेकाे हाे । त्यहाँका एक स्टेसनरी पसलले भेट्टाएका थिए । सामाजिक सञ्जालमा आएपछि गौशाला २६ बेलुका त्यहाँ पुगेर आफ्नो नागरिकता लगकी थिइन ।

सन्दिप लामिछानेलाइ मुद्दा पर्दा हाल नागरिकतामा उल्लेखित  जन्ममिति गलत रहेको भनेर  उमेरमा विवाद भएकाे थियाे । अदालतले नागरिकताको जन्ममिति गलत रहेको ठह्रयाएको थियाे । नागरिकतामा जन्ममिति २०६२/०२/१८ उल्लेख भएकोमा उनको वास्तविक जन्ममितिभन्दा फरक परेको अदालतले निस्कर्ष निकालेको हो ।

वास्तविक जन्ममिति २०६१/०१/१८ रहेको फैसलामा जनाइएको छ । भृकुटिमण्डपमा भेटिएको नागरिकतामा जन्ममिति २०६२/०१/१८ नै उल्लेख छ ।गौशालाको पहिलो जन्मदर्तामा जन्ममिति २०६२/०१/१८ उल्लेख थियो । तर पछि उनले जन्ममिति २०६१/०१/१८ बनाएर दोस्रो जन्मदर्ता बनाएकी थिइन् प्रतिलिपि ऐन अनुसार यसरी दुईथरि जन्मदर्ता बनाउनु गैरकानूनी हुने जानकारहरू बताँउछन । यसमा किर्ते मुद्दा लाग्ने उनीहरूकाे भनाइ छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?