Trending
>>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सैनिक मञ्चमा सेना दिवस (फाेटाे फिचर)


काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा २६१ औं सेना दिवस २०८० का अवसरमा नेपाली सेनाले शुक्रबार सैनिक मञ्च टुडिखेलमा आयोजना गरेको विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट पुष्पगुच्छा अर्पण, प्याराग्लाइडिङ, संयुक्त राष्ट्रसंघमा शान्ति सेनाले विद्रोहीबाट उद्धार गर्ने लगायतका विविध आकर्षक प्रस्तुति गरेको थियो । साथै मित्रराष्ट्र भारत, अमेरीका र बेलायतका व्याण्ड टोलीको पनि प्रस्तुति रहेको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथै प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिशलगायतका उच्चपदस्थ पदाधिकारीहको सहभागिता रहेको थियो ।

 


प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?