Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सैनिक मञ्चमा सेना दिवस (फाेटाे फिचर)


काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा २६१ औं सेना दिवस २०८० का अवसरमा नेपाली सेनाले शुक्रबार सैनिक मञ्च टुडिखेलमा आयोजना गरेको विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट पुष्पगुच्छा अर्पण, प्याराग्लाइडिङ, संयुक्त राष्ट्रसंघमा शान्ति सेनाले विद्रोहीबाट उद्धार गर्ने लगायतका विविध आकर्षक प्रस्तुति गरेको थियो । साथै मित्रराष्ट्र भारत, अमेरीका र बेलायतका व्याण्ड टोलीको पनि प्रस्तुति रहेको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथै प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिशलगायतका उच्चपदस्थ पदाधिकारीहको सहभागिता रहेको थियो ।

 


प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?