Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

नागरिक लगानी कोष स्थापनाको ३३औँ वर्षमा प्रवेश


४ चैत्र, काठमाडाैँ । नागरिक लगानी कोष स्थापनाको ३३औँ वर्षमा प्रवेश गरेको छ । बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पूँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले २०४८ सालमा स्थापना भएको कोषले हालसम्म रु दुई खर्बभन्दा बढी लगानी गरिसकेको जनाएको छ ।

कोषका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा रु दुई खर्ब पाँच अर्ब ६९ करोड लगानी गरेको छ । सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम रु दुई खर्ब छ अर्ब १९ करोड छ । हालसम्म मुद्दती निक्षेपमा रु एक खर्ब छ अर्ब २६ करोड, धितोपत्रमा रु २८ अर्ब २६ करोड १३ लाख, कोषका सहभागीलाई सापटी तथा आवास कर्जामा रु ४५ अर्ब ९२ करोड १५ लाख र समकालीन कर्जामा रु २२ अर्ब ६९ करोड ८० लाख लगानी गरेको कोषले जनाएको छ । पुस मसान्तसम्ममा अधिकृत पूँजी र जारी पूँजी समान रु आठ अर्ब रहेको कोषको चुक्ता पूँजी रु चार अर्ब २५ करोड १० लाख रहेको छ ।

नागरिक लगानी कोषमा सरकारको २३ दशमलव ३४ प्रतिशत शेयर स्वामित्व छ । त्यस्तै राष्ट्रिय बीमा संस्थानको ३१ दशमलव ५५, नेपाल स्टक एक्सचेन्जको १०, अन्य बैंक तथा वित्तीय संस्थाको १५ दशमलव ११ र सर्वसाधारणको २० प्रतिशत स्वामित्व छ । लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, बीमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकाङ्क योजना, नागरिक पेन्सन योजना, लगानी व्यवस्थापन, ब्रिज ग्याप लोन, सहभागी कर्जा, परियोजना कर्जा, धितोपत्र लगानीजस्ता कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ ।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?