Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

उपेन्द्र यादव दोस्रो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्री


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दोस्रो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त हुने भएका छन् । अध्यक्ष यादवकै नेतृत्वमा जसपाले सरकारमा जाने निर्णय गरिसकेको छ ।जसपाबाट उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री, नवलकिशोर साह वनमन्त्री र दीपक कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय पार्टीले गरेको छ ।

यसअघि माओवादी–एमाले एकीकृत भएर बनेको तत्कालीन नेकपाको सरकार हुँदा २०७५ जेठ १८ गते जसपाका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री नियुक्त भएका थिए । करिब डेढ वर्षपछि उनलाई स्वास्थ्यबाट हटाएर कानुन मन्त्री बनाइएको थियो ।


प्रकाशित मिति: २४ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?