Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

वेबसाइट बनाउन सिक्नेका लागि अनलाइन तालिम


काठमाडाैं ।अवसर एकेडेमीले वर्डप्रेस सम्बन्धी एक महिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । वेबसाइट डिजाइनिङमा रुचि हुनेहरूलाई लक्षित गर्दै कम्पनीले बिहीबारदेखि यस्तो तालिम आयोजना गर्न लागेको हो । प्रविधि कम्पनी एसडी टेकको सहायक कम्पनी समेत रहेको अवसर एकेडेमीले आधारभूत तहदेखि वर्डप्रेस सम्बन्धी तालिम दिन लागेको बताइएको छ । “वेबसाइट डिजाइनिङमा रुचि हुनेहरूका लागि हामीले वर्डप्रेससम्बन्धी अनलाइन तालिम आयोजना गर्न लागेका हौ,” अवसर एकेडेमीका प्रबन्ध निर्देशक सौगातदेवकोटाले भने, “यसअघि भौतिक उपस्थितिमा तालिम

गर्दा धेरैले अनलाइन गराउनु पर्‍यो भन्ने माग गर्नु भएकोथियो । त्यसैले अहिले उहाँहरूलाई लक्षित गरेर तालिम आयोजना गर्दै छौं ।”एक महिनासम्म दैनिक डेढ घण्टा सञ्चालन हुने यो तालिममा सहभागीले वर्डप्रेस डेभलपमेन्ट, एसईओ अप्टिमाइजेसन, एआई इन्टिग्रेसन, वेबसाइट डेभलपमेन्ट र वेब सेक्युरिटीका बारेमा सिक्न पाउनेछन् । विशेषगरी थिम कस्टमाइजेसन, होस्टिङ तथा डोमेन रजिस्ट्रेसन,वेबसाइट मोनिटाइजेसन, कन्टेन्ट राइटिङ, प्रोजेक्ट मेनेजमेन्ट लगायतका विषय समावेश हुने देवकोटाको भनाइ छ ।तालिम दिनका लागि विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपाल र भारतका आठ जना विज्ञहरू हुनेछन् ।


प्रकाशित मिति: २४ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?