Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

वेबसाइट बनाउन सिक्नेका लागि अनलाइन तालिम


काठमाडाैं ।अवसर एकेडेमीले वर्डप्रेस सम्बन्धी एक महिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । वेबसाइट डिजाइनिङमा रुचि हुनेहरूलाई लक्षित गर्दै कम्पनीले बिहीबारदेखि यस्तो तालिम आयोजना गर्न लागेको हो । प्रविधि कम्पनी एसडी टेकको सहायक कम्पनी समेत रहेको अवसर एकेडेमीले आधारभूत तहदेखि वर्डप्रेस सम्बन्धी तालिम दिन लागेको बताइएको छ । “वेबसाइट डिजाइनिङमा रुचि हुनेहरूका लागि हामीले वर्डप्रेससम्बन्धी अनलाइन तालिम आयोजना गर्न लागेका हौ,” अवसर एकेडेमीका प्रबन्ध निर्देशक सौगातदेवकोटाले भने, “यसअघि भौतिक उपस्थितिमा तालिम

गर्दा धेरैले अनलाइन गराउनु पर्‍यो भन्ने माग गर्नु भएकोथियो । त्यसैले अहिले उहाँहरूलाई लक्षित गरेर तालिम आयोजना गर्दै छौं ।”एक महिनासम्म दैनिक डेढ घण्टा सञ्चालन हुने यो तालिममा सहभागीले वर्डप्रेस डेभलपमेन्ट, एसईओ अप्टिमाइजेसन, एआई इन्टिग्रेसन, वेबसाइट डेभलपमेन्ट र वेब सेक्युरिटीका बारेमा सिक्न पाउनेछन् । विशेषगरी थिम कस्टमाइजेसन, होस्टिङ तथा डोमेन रजिस्ट्रेसन,वेबसाइट मोनिटाइजेसन, कन्टेन्ट राइटिङ, प्रोजेक्ट मेनेजमेन्ट लगायतका विषय समावेश हुने देवकोटाको भनाइ छ ।तालिम दिनका लागि विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपाल र भारतका आठ जना विज्ञहरू हुनेछन् ।


प्रकाशित मिति: २४ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?