Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

एनआरएनए युरोप युवा संयोजक भण्डारी माल्टाका लागि पर्यटनदुतमा नियुक्त


माल्टा। नेपालका लागि माल्टाका पर्यटनदुतमा एनआरएनए युरोपका युवा संयोजक प्रकाश भण्डारी नियुक्त भएका छन । फागुन १३ गते नेपाल सरकार मन्त्रीपरिषदको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको निर्णयानुसार भण्डारी माल्टाका लागि पर्यटनदुतमा नियुक्त नियुक्त भएका हुन ।

युरोपको माल्टा देशका लागि पर्यटनदुतमा नेपाल सरकारले नियुक्त गरेपछि आफूलाई धेरै खुसी लागेको भण्डारीले बताए । नेपालको पर्यटन प्रवर्दनमा आफू लागि परेको र नेपाल सरकारले आफूलाई विश्वास गरेर जिम्मा दिएपछि सक्रिय भएर ईमान्दारीताका साथ जिम्मेवारी पूरा गर्ने उनले बताए ।

नेपालको बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर ११ मनेवा स्थायी घर भएका भण्डारी २०१६ मा रोजगारीको सिलसिलामा माल्टा पुगेका थिए । माल्टामा गैर आवासीय नेपाली संघ गठनको लागि प्रमुख भूमिका खेलेका भण्डारीले २०१९ देखि २१ सम्म एनआरएनए माल्टाको उपाध्यक्षको जिम्मेवारी समेत सम्हाली सकेका छन । हाल भण्डारी एनआरएनए युरोप युवा संयोजक र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको सल्लाहकारको भूमिकामा रहेका छन ।

नेपाल माल्टा च्यारिटी अर्गनाइजेशनको संयोजक भएर भण्डारीले २०२३ अप्रिल १६ तारीखका दिन माल्टाको राजधानी भेलेटामा नेपाल डे सेलीब्रेसन नेपाल दिवस भब्यरुपमा सम्पन्न गराउन सफल भएका थिए । २०२४ मा पनि नेपाल डे सेलीब्रेसन भब्यरुपमा मनाउने तयारी भईरहेको भण्डारी बताउछन ।

२०२४ को अगस्टमा माल्टाबाट विदेशी टोली लिएर पर्यटन प्रवर्दनका लागि नेपाल भ्रमणमा जान लागेको उनले बताए । नेपालको पर्यटन प्रवर्दनमा विदेशमा रहेका सबै नेपाली एक भएर लाग्नुपर्नेमा भण्डारीले जोड दिदैं आफुलाई नेपाल सरकारले दिएको जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्ने बताए ।


प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?