Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

एनआरएनए युरोप युवा संयोजक भण्डारी माल्टाका लागि पर्यटनदुतमा नियुक्त


माल्टा। नेपालका लागि माल्टाका पर्यटनदुतमा एनआरएनए युरोपका युवा संयोजक प्रकाश भण्डारी नियुक्त भएका छन । फागुन १३ गते नेपाल सरकार मन्त्रीपरिषदको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको निर्णयानुसार भण्डारी माल्टाका लागि पर्यटनदुतमा नियुक्त नियुक्त भएका हुन ।

युरोपको माल्टा देशका लागि पर्यटनदुतमा नेपाल सरकारले नियुक्त गरेपछि आफूलाई धेरै खुसी लागेको भण्डारीले बताए । नेपालको पर्यटन प्रवर्दनमा आफू लागि परेको र नेपाल सरकारले आफूलाई विश्वास गरेर जिम्मा दिएपछि सक्रिय भएर ईमान्दारीताका साथ जिम्मेवारी पूरा गर्ने उनले बताए ।

नेपालको बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर ११ मनेवा स्थायी घर भएका भण्डारी २०१६ मा रोजगारीको सिलसिलामा माल्टा पुगेका थिए । माल्टामा गैर आवासीय नेपाली संघ गठनको लागि प्रमुख भूमिका खेलेका भण्डारीले २०१९ देखि २१ सम्म एनआरएनए माल्टाको उपाध्यक्षको जिम्मेवारी समेत सम्हाली सकेका छन । हाल भण्डारी एनआरएनए युरोप युवा संयोजक र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको सल्लाहकारको भूमिकामा रहेका छन ।

नेपाल माल्टा च्यारिटी अर्गनाइजेशनको संयोजक भएर भण्डारीले २०२३ अप्रिल १६ तारीखका दिन माल्टाको राजधानी भेलेटामा नेपाल डे सेलीब्रेसन नेपाल दिवस भब्यरुपमा सम्पन्न गराउन सफल भएका थिए । २०२४ मा पनि नेपाल डे सेलीब्रेसन भब्यरुपमा मनाउने तयारी भईरहेको भण्डारी बताउछन ।

२०२४ को अगस्टमा माल्टाबाट विदेशी टोली लिएर पर्यटन प्रवर्दनका लागि नेपाल भ्रमणमा जान लागेको उनले बताए । नेपालको पर्यटन प्रवर्दनमा विदेशमा रहेका सबै नेपाली एक भएर लाग्नुपर्नेमा भण्डारीले जोड दिदैं आफुलाई नेपाल सरकारले दिएको जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्ने बताए ।


प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?