Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

देउवाकाे दाैडधुपः एमाले-कांग्रेस गठबन्धनकाे तयारी?


काठमाडाैं । नेकपा माओवादी केन्द्रलाई छाडेर नयाँ गठबन्धन बनाउने भन्दै दौडधुप बढाएका छन् । एमाले उच्च स्राेतका अनुसार एमालेसँग पनि समानान्तर छलफल भइरहेकाे छ । विश्वासकाे मतसँगै कांग्रेस एमाले गठबन्धन बनाउने तयारी छ ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई मधेश केन्द्रित तीन दलका अध्यक्ष एकसाथ भेट्न तयार भएका छन् ।लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी एकसाथ कांग्रेस सभापति देउवालाई भेट्न तयार भएका हुन् ।तीनै अध्यक्षलाई फोन गरेर सभापति देउवाले भेट्न आग्रह गरेका थिए ।

देउवाको आग्रह स्वीकारेर तीनै अध्यक्ष उनकै निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे भेट्न लागेका छन् । सभापति देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई रास्वपासहित सँगै मिलेर जान आग्रह गरेका छन् ।

बुधबार बिहान देउवासंगै पत्नि आरजु राणा र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न माधव नेपालको निजी निवास कोटेश्वर पुगेका थिए ।


प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?