Trending
>>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा >>   कानून पेशा मात्रै धनको स्रोत हुन सक्दैन, अन्य आर्थिक उपार्जनका उपाय पनि खोजौँः वरिष्ठ अधिवक्ता… >>   गगनको राजीनामाबारे नेता केसी – पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान… >>   महिलाले महिलाकै विरोध गर्ने होइन, वकालत गर्ने संस्कार बसालौंः महान्यायाधिवक्ता भण्डारी >>   सभापति थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्छः सहमहामन्त्री राणा >>   बारको चेतावनीः दुई तिहाईको सरकारले संविधानवाद र कानूनको शासन चिर्न थाले बारल पोजिसन लिन्छ >>   सेतो मच्छिन्द्रनाथको रथ यात्राको लागि रथ निर्माण कार्य शुरु >>   नयाँ सरकारलाई सहकारी पीडितको खबरदारी ‘आफ्ना छोप्ने, पराइ हेप्ने प्रवृत्ति नदोहोरियोस्’ (तस्बिरसहित) >>   जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको पूजा अर्चना
Logo
६ चैत्र २०८२, शुक्रबार
६ चैत्र २०८२, शुक्रबार

प्रधानमन्त्रीमा अफरपछि यस्ताे निर्णय लिँदै माधव नेपाल


काठमाडाैं । एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । बैठकमा नयाँ गठबन्धमा सहभागी हुने नहुनेबारेमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले माधवकुमार नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए । आजै बिहान प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पनि छलफल गरेका छन् ।

नेपाली कांग्रेसका सभापति देउवाले बुधबार बिहान देउवासंगै पत्नि आरजु राणा र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न माधव नेपालको निजी निवास कोटेश्वर पुगेका थिए । देउवाले प्रचण्डले धोका दिएको भन्दै मिलेर जान अनुरोध गरेका छन् ।

कांग्रेस, नेकपा एकीकृत समाजवादी,रास्वपा र साना दल मिले अंकगाणित पनि पुग्ने आंकलन गर्दै सभापति देउवाले नेपाललाई प्रधानमन्त्री मान्न तयार भएको बताएका छन् । एमाले अध्यक्ष ओलीसहित नेताहरु लिएर माधव नेपाललाई भेटेका प्रधानमन्त्री प्रचण्ड सोमबार साँझ आफ्नै पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर कोटेश्वर पुगेका थिए ।


प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?