Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

बेवारिसेसहित ११ विपन्नलाई बालेनकाे निःशुल्क स्वास्थ्य सेवा !


काठमाडौँ । लक्षित वर्गको निःशुल्क उपचारका क्रममा अहिलेसम्ममा ११ जनाले सेवा लिनुभएको छ । उहाँहरुमध्ये ५ जना उपचारपछि डिस्चार्ज हुनुभएको छ । निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८० बमोजिम फागुन १ गतेदेखि सेवा दिन काठमाडौँ महानगरपालिकाले अस्पतालहरुलाई पत्र पठाएको थियो । सेवालाई व्यवस्थित र पारदर्शी बनाउन http://freehealth.kathmandu.gov.np/ अनलाइन प्रणाली कार्यान्वयनमा ल्यायो ।

निःशुृल्क उपचारका लागि प्रणालीमा विरामीको नाम दर्ता गराउने पहिलो अस्पताल काठमाडौँ मोडेल अस्पताल हो । अस्पतालले फागुन ९ गते टोखाबाट आएकी गीता नापितको पित्त थैलीको अपरेसन गरेको थियो । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार प्रणालीमा अहिलेसम्म कालिकोटको रासकोट नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, दाङ्को घोराही उपमहानगरपालिका, धादिङ्को ज्वालामुखी गाउँपालिका, नुवाकोटको तारकेश्वर गाउँपालिका, चितवनको भरतपुर महानगरपालिकाका सेवाग्राहीले सेवा लिएका छन् ।

महानगरपालिकाभित्रको वडा नं. ३१ को शान्तिनगर, वडा नं. १६ को सोह्रखुट्टे,का सेवाग्राहीले सेवा लिइसकेका छन् । यसरी आएका सेवाग्राहीलाई काठमाडौँ मोडेल अस्पताल, पिपुल्स कलेज एण्ड डेन्टल हस्पिटल, नेशनल किड्नी सेन्टर, ब्लु क्रस हस्पिटल र मेट्रो काठमाडौँ हस्पिटलले सेवा दिएका छन् । मेट्रो हस्पिटलबाट एकजना बेवारिसे बिरामीलाई शिक्षण अस्पताल महाराजगञ्ज रिफर गरिएको छ ।

प्रणालीमा ५२ वटा अस्पताल आवद्ध भएका छन् । यसमा ३७४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध छन् ।’‘राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने र हरेक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुने नेपालको संविधानले नागरिकलाई स्वास्थ्य सम्बन्धी हक प्रदान गरेको छ । निःशुल्क उपचार सेवा लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) का लागि हो ।


प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?