Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

घ्यू बेच्ने र तरबार बेच्नेहरूकाे गिरोह जस्ताे गठबन्धन


– डा. बाबुराम भट्टराई

लोक कथा भन्छ-
एकादेशमा घ्यू बेच्ने र तरबार बेच्नेहरूका गिरोह बनेछन्!
घ्यू बेच्नेले काठको आकर्षक ठेकीभित्र तल गोबरले भरेर माथि घ्यूले छोपेछन्!
तरबार वेच्नेले आकर्षक म्यानभित्र काठको भुत्ते तरबार राखेछन्!
साॅटेर बेच्ने ( बार्टर ट्रेड) जमाना थियो! मोलतोल गरे।कुरा मिल्यो!
आआफ्नो पोल खुल्ला भनेर ठेकी र म्यान खोलेर भित्र हेर्न र देखाउन चाहेनन्!
सामान साटेपछि दुबैले एकअर्कालाई ठग्न सफल भएकोमा मक्ख परे! एकअर्काको खुब प्रशंशा गरे! गला मिलाएर आआफ्नो बाटो लागे!
निकै पर चौतारामा बसेर आआफ्ना साॅटेका सामान जाॅच्दा पो दुबै खंग्रंग भए!
“धोकेबाज” ! भन्दै दुवैले एकअर्कालाई सत्तोसराप गर्न थाले!!
(कतै सन्दर्भ मिल्न गएमा आकस्मिकता मात्र हुनेछ !)


प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?