Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

सरकारले दिएको निवास छोडेर जाँदैछु …


-सुधन किराँती

आज सरकारले दिएको निवास छोडेर जाँदैछु ।
पस्दा मलाई धेरै डर लागेको थियो तर निस्कदा खुसी छु । मेरो आमाले भन्नू हुन्थ्यो “जिम्मेवारी पाउनु गाह्रो कुरा हो त्यो भन्दा गाह्रो त पूरा गर्नु हो”
४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरे। यो अवसर प्रदान गर्नु हुने प्रधानमन्त्री “प्रचण्ड”, मेरो पार्टी, मलाई मत दिनुहुने मतदातहरु र संसारका कुना-कुना बाट मलाई सहयोग र सहानुभूति दिनुहुने सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दछु । म र मेरो टिमले सकेको कोशिस गरेकाछौँ । हामीले रोपेको बिरुवामा धेरै कोपिला लागेको छ, आउने मालीले फक्राउनु हुनेछ भन्ने विश्वास लिएकोछु ।
मैले यहाँ बस्दा मेरो वुवाको एक प्राण लिने मृत्यु मात्र देखिन मेरो राजनीतिक जीवनको हजार मृत्युहरु पटक पटक देखे र राजनितिक मृत्युलाई मैले छल्न सके तर प्राणलिने मृत्युलाई वुवाले छल्नु सक्नु भएन ।
सत्य यो रहेछ कि भौतिक मृत्यु माथी अठोट र ईमानले जित्न नसकिदो रहेछ तर राजनीतिक मृत्युलाई अठोट र ईमानले जित्न सकिदो रहेछ ।

 


प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?