Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

मान्छेकाे मनजस्तै हुम्लाकाे माैसम ! (फाेटाे फिचर)


हुम्ला । कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्ला भौगोलिक हिसाबले नेपालको अति दुर्गम हिमाली क्षेत्र हो । क्षेत्रफलको हिसावले नेपालको दोश्रो ठूलो र जनघनत्वको हिसावले सबभन्दा कम जनघनत्वको दोश्रो श्रेणीमा यो जिल्ला पर्दछ । यस जिल्लाको मानव विकास सूचाकाङ्क ०.४३२ छ जुन नेपालका अतिकम मानव विकास सूचाकाङ्क भएका पाँच जिल्लभित्र पर्दछ । राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको नेपालको एक मात्र यस जिल्लामा उपलब्ध श्रोत साधनलाई प्रभावकारी ढंगले उपयोग गर्न सकिएको खण्डमा यस क्षेत्रको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।

जिल्लाको सदरमुकाम सिमकोट रहेको छ । सदरमुकामलाई तिब्बतको सिमासँग सडक यातायातले जोड्ने प्रयास गरिएको छ भने नेपालको अन्य ठाउँबाट यस जिल्लामा पुग्ने साधन भनेको नेपालगञ्ज सिमकोट तथा सुर्खेत सिमकोटको हवाई मार्ग मात्र हो । जिल्लाको जिविकोपार्जनको प्रमुख आधार खेतिपाती र पशुपालन रहेको छ । बहुमुल्य जडिबुटी‚ कोदो‚ फापर‚ चिनो‚ उवा जिल्लाको प्रमुख बाली हुन् । सडक लगायत अन्य भौतिक पूर्वाधारको विकास गर्न सकिएको खण्डमा पर्यटनको समेत प्रचुर संभावना रहेको छ । तस्विरः शान्ति तामाङ


प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?