Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

इरानी कुर्दिश ‘राजनीतिक बन्दी’ लाई फाँसी दिइयो


४ चैत्र, एजेन्सी। इरानले प्रतिबन्धित समूहको सदस्यताका लागि राजनीतिक बन्दीका रूपमा हेरिएका एक कुर्दिश व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिएको अधिकारवादी समूहले बताएका छन् ।

नर्वेस्थित इरानी मानव अधिकार (आईएचआर) र हेन्गाव अधिकार समूहले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै मोहायदीन एब्राहिमीलाई उत्तर–पश्चिमी इरानको उर्मिया जेलमा शुक्रबार बिहान फाँसी दिइएको जनाएको छ ।

अन्य पाँच जनालाई पनि शुक्रबार बिहान उर्मियामा लागूऔषधसम्बन्धी आरोपमा मृत्युदण्ड दिइएको समूहले जनाएको छ ।

सन् २०१७ मा पक्राउ परेका र सन् २०१८ मा मृत्युदण्डको सजाय सुनाइएका इब्राहिमीमाथि इरानको कुर्दिस बाहुल्य क्षेत्रको आत्मनिर्णयका लागि सशस्त्र सङ्घर्ष गर्दै आएको प्रतिबन्धित समूह कुर्दिस डेमोक्र्याटिक पार्टीमा संलग्न भएको आरोप लागेको थियो ।

इब्राहिमीले उक्त आरोप अस्वीकार गर्दै आएका थिए । अधिकारवादी समूहहरूले उनि इराकबाट सामान बोक्ने भरियाको रूपमा मात्र काम गर्दै आएको बताएका छन् ।

आईएचआर र हेन्गाव दुवैले उहाँलाई ‘राजनीतिक बन्दी’ को रूपमा वर्णन गरेका छन् ।

आईएचआरका अनुसार इब्राहिमीलाई मृत्युदण्ड दिइने निश्चित भएपछि उनका छोरालाई पक्राउ गरिएको थियो । यसको विरोधमा उर्मिया जेलको ढोकाबाहिर बिहीबार अबेर प्रदर्शन पनि गरिएको थियो ।

हेन्गावका अनुसार इब्राहिमीको परिवारलाई सुरुमा सजाय निलम्बन भएपछि उनलाई अर्को जेलमा पठाउन लागेको बताइएको थियो ।

गत सेप्टेम्बर १६ मा २२ वर्षीया इरानी कुर्द महसा अमिनीको मृत्युभएपछि सुरु भएको प्रदर्शनको विरोधमा इरानले चार जनालाई मृत्युदण्ड दिएको छ ।

अधिकारवादी समूहहरूले सबै प्रकारका अभियोगमा मृत्युदण्ड दिने क्रम बढ्दो क्रममा रहेको भन्दै यसले समाजलाई विरोध गर्नेहरूलाई तर्साउन खोजेको तर्क गरेका छन् । आईएचआरका अनुसार इरानमा यस वर्ष कम्तीमा १४४ जनालाई मृत्युदण्ड दिइएको छ ।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?