Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

शान्ति प्रक्रिया चाडै टुंगोमा पुग्ने छ: मन्त्री शर्मा


दाङ। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले शान्ति प्रक्रिया चाडै टुंगोमा पुग्ने बताउनुभएको छ । माओवादी केन्द्र दाङको घोराही नगर समितिले आयोजना गरेको कार्यक्रममा उहाँले शान्ति प्रक्रियालाई जसरी पनि टुंगोमा पुर्याउने बताउनुभएको हो । अहिलेको मुख्य कार्यभार शान्ति प्रक्रियाको बाकी काम पूरा गर्ने भएकाले प्रधानमन्त्री यसमै केन्द्रित भएर अघि बढेको पनि उहाँले स्पष्ट गर्नुभयो ।

अर्को प्रसङ्गमा पार्टीले हालै गरेको विधान अधिवेशनबाट हरेक समिति निर्वाचित गर्ने निर्णय भएको जानकारी गराउदै उहाँले पार्टी पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन गर्ने अवस्थामा पुगेको स्पष्ट गर्नुभयो । पार्टी नेतातिर होइन, जनतातिर फर्कनुपर्ने उल्लेख गर्दै उहाँले पुराना नेता कार्यकर्ताको सम्मान र नयाँलाई प्रोत्साहन गरेर लैजानुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय समितिहरु नै पार्टीका आधार भएकाले स्थानीय पार्टीलाई व्यवस्थित गरेर लैजानुपर्ने बताउनुभयो । वडा तहसम्म पार्टी कार्यालय स्थापना गरेर पार्टी व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज निर्मल आचार्यले स्थानीयस्तरका जनसरोकारका काम स्थानीय पार्टी कमिटीले गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि स्थानीय नेता कार्यकर्ताको क्षमता विकास गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीले चाल्ने कदमको दृढतापूर्वक कार्यान्वयन गर्न पनि सबै कार्यकर्तालाई निर्देशन दिनुभयो ।

माओवादी केन्द्र घोराहीका अध्यक्ष रमेशकुमार ओलीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य भीमकुमारी बुढा, प्रदेश सदस्यहरु तुलसी डागी, प्रमिता चौधरी, जिल्ला सचिव विश्वराज आचार्यलगायतले बोल्नुभएको थियो । सो क्रममा पार्टी कार्यालय व्यवस्थापनमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।


प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?