Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

थिएटर अवार्डमा विमल सुवेदीको नाटक


४ चैत्र, काठमाडाैँ । नेपाली नाट्यकर्मी विमल सुवेदीले निर्देशन गरेको हिन्दी नाटक ‘दि डिपार्टेड डाउन’ भारतको प्रतिष्ठित अवार्ड ‘महेन्द्रा एक्सेलेन्सी थिएटर अवार्ड’को चार विधामा मनोनयनमा परेको छ ।

उहाँकै लेखनसमेत रहेको नाटक उत्कृष्ट निर्देशन, सङ्गीत, नृत्य र लाइटसहित निर्देशन विधामा मनोनयनमा परेको हो । भारतभर मञ्चन हुने नाटकमध्ये उत्कृष्ट नाटकका विभिन्न विधालाई प्रदान गरिने यो अवार्डमा ‘दि डिपार्टेड डन’ चार सय ९५ बाट छानिएर उत्कृष्ट १० मा परेको हो । यसरी छानिएका दश नाटक मार्चको २५ देखि २९ तारिखसम्म दिल्लीमा मञ्चन हुँदैछन् । मनोनयनमा परेको नाटकलाई निर्देशक सुवेदीले चलचित्र बनाउने सिलसिलामा तयार गरेका थिए ।

“जन्मथलो छाड्न बाध्य भएका नेपाली भाषी भुटानीको अवस्था नाटकमा चित्रण गरिएको छ । घर बन्ने प्रक्रियादेखि बनेको घर भताभङ्ग भएको अवस्थासम्मलाई अभिव्यक्ति गर्ने प्रयास गरेका छौँ”, निर्देशक सुवेदीले भने । नेपाली कथा विश्व रङ्गमञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित उहाँले नाटक भारतको अखोका थिएटरका भिक्टर थाउडमसँग मिलेर तयार गरिएको जानकारी दिए । नयाँ दिल्लीमा २५ तारिखका दिन श्रीराम सेन्टरमा प्रदर्शन हुँदैछ ।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?