Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

तस्विरमा कालिन्चोकको सौन्दर्य (फाेटाे फिचर)


दोलखा । कालिञ्चोक भगवती नेपालको दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर अवस्थित छ । यो मन्दिर ३८४२ मिटर उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ।

कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ। जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ। कालिञ्चोक चरीकोट देखि ६ घण्टाको पैदल दूरीमा छ। यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो।

चरिकोटदेखि करिव १७ किलोमीटर दुरीमा रहेको कुरी बजार सम्म कच्ची मोटरबाटो बनेको छ। जुन बाटोमा जीप गाडी र मोटरसाइकल चलाउन सकिन्छ। सुख्खा याममा यदाकदा मिनीबस पनि चलाउन सकिन्छ। यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन। कुरी बजार देखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा पुग्न सकिन्छ। तस्विरहरूः सन्ताेष राेकाया र रविन पाैडेल ।

 


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?