Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनमा क्षमता विकासको खाँचो


काठमाडौँ । स्वास्थ्य संस्थाहरुले फोहोर व्यवस्थापनका लागि क्षमता विकास गर्नु पर्ने खाँचो देखिएको छ । विहीबार महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको स्वास्थ्य संस्थाजन्य फोहोर अनुगमनको समीक्षा गर्दै यस्तो खाँचो देखाइएको हो ।

त्यस क्रममा बोल्दै डंगोलले भन्नुभयो, ‘अनुगमनका हरेक चरण, प्रक्रिया, निर्देशन तथा कारवाहीलाई कानुनले निर्देश गरेबमोजिम सञ्चालन गर्नु र अस्पतालहरुलाई कानुनले तोकेबमोजिमको व्यवस्था कार्यान्वयनमा उत्प्रेरित गर्नुपर्छ ।’ अहिलेसम्म २४ वटा अस्पतालबाट उत्पादन फोहोर व्यवस्थापनको अनुगमन भइसकेको छ । यसक्रममा एउटा सरकारी र ४ वटा निजी गरी ५ वटा अस्पतालहरुको फोहोर संकलनमा रोक लगाइएको छ ।

फोहोरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहोरको सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि जोखिमयुक्त फोहोर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहोर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृति अनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरुको पनि उपयुक्त प्रयोग नहुनु अस्पतालहरुमा देखिएका फोहोर व्यवस्थापनका साझा समस्या हुन् । समीक्षामा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी गराउनुभयो ।

अस्पतालहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गरेको भन्ने गरेका छन् । जसले स्वास्थ्य संगठनको मापदण्ड भन्छन्, उहाँहरुकै विचमा पनि समानता छैन । नेपाल सरकारले जारी गरेको मापदण्ड पालना भएको छैन ।


प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?