Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

शालीन हत्याः छानविनको माग गर्दै प्रदर्शन गर्ने आधा दर्जन नेविसंघ नेता पक्राउ


काठमाडौं । नेपाल विद्यार्थी संघका नेताहरु पक्राउ परेका छन् । संसद भवन नयाँ बानेश्वर अगाडि विरोध प्रदर्शन गर्नेक्रममा नेविसंघका आधा दर्जन बढि नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चितवनको शिशु निकेतनमा अध्ययनरत छात्रा शालीन पोखरेल स्कुलको होस्टेलमा मृत्यु भएको घटनाको बास्तविक छानविनको माग गर्दै नेविसंघका नेताहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा केन्द्रिय सदस्यहरु विवेक लामिछाने, बिजेन केसी, बासुदेव न्याउपाने, पुजा फुयाललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस्तै भक्तपुर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियन सदस्य सुदिप ढुङ्गाना, नेविसंघ भक्तपुर जिल्ला सहसचिव मोहन कालाथोकी, नेविसंघ पोखरा विश्वविद्यालयअन्तर्गतको एनसिआइटी कलेजका इकाई अध्यक्ष सन्तोष आचार्य, मोहम्मद अल्ताफलाई प्रहरीले पक्राउ गरेको नेविसंघले जनाएको छ । उनीहरुलाई तीनकुने प्रहरीवृत्तमा राखेको छ । फाल्गुन १२ गते चितवनको रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्यनरत छात्रा शालीन पोखरेल स्कुलको होस्टेलमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो । उनको शव भेटिएको पाँच दिनपछि मात्रै पोस्टमार्टम भएको थियो ।

चितवनमा भएको घटनाको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भएको थियो । मृतक पोखरेलको बलात्कारकापछि हत्या गरिएको आशंका गरिएको छ । तर विद्यालय प्रशासनले आत्महत्या गरेको दावी गर्दै आएको छ । किशोरीले झुण्डिएर आत्महत्या गरेको भनिएको कोठाको ढोका परिवारको रहोवरमा खोल्नुपर्नेमा विद्यालय प्रशासनले नै ढोका फुटाएको खोलेको आफन्तको दावी छ । घटनाको प्रकृति हेर्दा किशोरीले झुण्डिएको नभई सुनियोजित रुपमा हत्या गरिएको र आफन्तलाई झुक्याउन झुण्डाइएको परिवारको भनाई छ ।

किशोरी शालिनको दुबै घुडाले भुई छोएको थियो भने शरिरमा केही घाउसमेत देखिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ। घटना लगत्तै आफन्तले प्रहरीमा उजुरी दिन खोजेपनि प्रहरीले नमानेको परिवारको गुनासो छ । चौतर्फी दवावपछि प्रहरीले तीन दिनपछि जाहेरी लिएको थियो । शनिबारको घटना अहिलेसम्म प्रहरी प्रशासनले गम्भीरतापूर्वक नलिनु घटना ढाकछोप गर्न अनेक प्रपञ्च रचेको परिवारको भनाई छ । नेविसंघका केन्द्रीय सदस्य विजय ढुंगानाले निर्मला पन्त प्रकरणजस्तै यो घटनालाई बनाउन प्रहरी प्रशासन नै लागेको दावी गरे ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?