Trending
>>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

कृषि औजार कारखाना पुनः संचालन गर्न रकम निकासा गर्न सांसद गिरीको माग


काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक गिरीले महाविर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई सरकारले वाचा गरेको रकम तत्काल उपलब्ध गराउन आग्रह गरेका छन् । शुक्रबार संसदको विशेष समयमा बोल्दै गिरीले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले देशभर घुमेर आफ्नो जीवनीमा आधारित पुस्तक बेचेर तीन करोड रुपैयाँ संकलन गरेको बताउँदै कृषि औजार कारखानालाई पुनः सचालन गर्नका लागि सरकारले प्रतिवद्धता गरेको रकम निकासा गर्न आग्रह गरे । यसैगरी, दैनिक हजारौं युवा देश छाडेर रोजगारी वा गुणस्तरीय शिक्षाको खोजीमा विदेश गइ रहेको बताउँदै उनीहरु विदेशीनुपर्ने कारण खोज्नु पर्ने बताए ।

नेपाल दुई विशाल एसियाली मुलुकहरु चिन र भारतको बीचमा छौं । चीन अमेरिका पछि संसारकै दोश्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको र पाँचौं ठूलो अर्थतन्त्र रहेको भारत ६ वर्ष भित्रमै संसारको तेश्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरिएका बेला यी दुई ठूला अर्थतन्त्रको बीचमा अवस्थित नेपाल गरीब र मगन्ते रही रहनु पर्ने कुनै कारण नभएको पनि सांसद गिरीले बताए । उनले नेपालको विकासमा नीजि क्षेत्रको भूमिका उल्लेख्य रहेको बताउँदै नीजि क्षेत्रलाई पुराना फाइल निकालेर तर्साउने काम बन्द गर्न पनि माग गरे ।

यस्तै, दंगाली जनताको भाग्य र भविष्यसँग जोडिएको टरिगाउँ एयरपोर्ट एटीआर विमान सञ्चालन गर्न मिल्ने गरी धावनमार्ग विस्तार गर्न उनले सरकारसंग माग पनि गरे ।उनले सदनमा भने ‘केही महिना पहिले उखु किसानहरु चिनी मिललाई बेचेको उखुको पैसा नपाएको भन्दै काठमाडौँ आउनु भएको थियो। अहिले कैयौं साता पैदलै हिडेर मिटरब्याज पीडितहरु काठमाडौँ आउनु भएको छ। हामी संघीय प्रणालीमा गएका छौं , तर आम जनताले आफ्नो समस्या लिएर भोकै, प्यासै यो जाडोमा किन काठमाडौँ नै आउनु पर्ने? गाउँ गाउँमा सिंहदरबार भनेको के यही हो? म प्रश्न गर्न चाहन्छु।’

सहकारी विभागका अनुसार अहिले नेपालमा एकतीस हजार भन्दा बढी सहकारीहरुमा झन्डै १४ लाख सदस्यले खाइ नखाई आफुहरुले बचत गरेको रकम डुबेको गुनासो गरिरहेको बताउँदै सहकारी पीडितहरुलाई न्याय दिलाउने जिम्मा पनि सरकारको रहेको बताए । उनले भने ‘सहकारीकै कुरा गर्दा ग्यालेक्सी टीभीका अध्यक्ष रहेको जीबी राई समूहले पोखराका १८ हजार बढी बचतकर्ताको १ अर्ब ३५ करोड रकम हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ  । जीबी राइ समूहले करिब उनन्पचास हजार सर्वसाधारणको सात अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेको प्रहरीको अनुमान छ। आम जनताको अरबौं रकम कहिले र कसरी फिर्ता हुने हो? दोषीहरुले कहिले सजाय पाउने हुन् ? सरकारले जवाफ दिनु प-यो । जुनसुकै दलमा लागेको भए पनि, जति सुकै शक्तिशाली भए पनि सहकारीको पैसा हिनामिना गर्नेहरुलाई कडा कारवाही गर्न र पीडितहरुलाई उनीहरुको पैसा फिर्ता गराउन पनि म माग गर्दछु’उनले भने।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?