Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

भक्तराजको स्वरमा शास्त्रीयताको जादु अद्भूत र अनुपम थियोः राष्ट्रपति


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भजन शिरोमणि वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको स्वरमा रहेको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भूत तथा अनुपम भएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले स्वर्गीय आचार्यको शोकाकुल परिवारलाई शुक्रबार समवेदना सन्देश पठाउँदै भन्नुभएको छ, “भजनशिरोमणिको उपाधि पाउनुभएका भक्तराज नेपाली गीतसङ्गीतको आकाशमा बिर्सनै नसक्ने नाम हो, जसको स्वरको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भूत तथा अनुपम थियो ।”

“शास्त्रीय सङ्गीतको तत्त्वलाई आधुनिक गीतसङ्गीतमा मिश्रण गर्ने भक्तराजजीको क्षमताले यो क्षेत्रमा उहाँको बेग्लै पहिचान बनेको छ । कैयौँ भजन, देशभक्ति, आधुनिक र बालगीतमा स्वर तथा सङ्गीत दिएर नेपाली गीतसङ्गीतलाई विशिष्ट उचाइमा पु¥याउन उहाँले पु¥याउनुुभएको योगदान अतुलनीय छ”, समवेदना सन्देशमा उल्लेख छ ।

जति चोट दिन्छौँ देऊ मायालु…, मुटु जलिरहेछ…, जहाँ छन् बुद्धका आँखा…, हजार सपनाहरूको माया… लगायत कालजयी र कर्णप्रिय गीतले गीतसङ्गीतप्रेमीमाझ मात्र हैन नेपालीको मनमस्तिष्कमा उहाँलाई जीवन्त राखिरहने उल्लेख गर्दै राष्ट्रपति पौडेलले सन्देशमा आचार्यको निधनले नेपाली गीतसङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । राष्ट्रपतिको समवेदना सन्देश उहाँकी सुपुत्री अवज्ञा पौडेल र प्रेस सल्लाहकार किरण पोखरेलले आचार्यका परिवारजनलाई प्रदान गर्नुभएको थियो ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?