Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

गाउँपालिकाकाे आयोजनामा जँड्याहरू सम्मानित !


काठमाडौं ।  ‘जँड्याहा’ उपनामले अपहेलितसमेत भएका उनीहरूलाई कसैले महत्त्व दिँदैन । तर, पाल्पामा भने गाउँपालिकाकाे आयोजनामा खोजीखोजी सम्मान गरिएको छ । करिव ४० जनालाई एकै ठाउँमा भेला पारेर भव्य कार्यक्रम गरेर । रिब्दीकोट गाउँपालिकाले बिहीबार पालिकाको सभाहलमा जम्मा गरेर नियमित जाँडरक्सी खाने सात महिला र ३३ पुरुषलाई सम्मान गरेको हो ।

कार्यक्रममा सहभागीलाई माला र खादा पहिर्‍याएर सम्मानसमेत गरियो । त्यसअघि न्यानो र बलियो खालको एकएक जोर ट्रयाकसुटसमेत प्रदान गरिएको थियो । गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले भने, ‘खोजीखोजी ल्याइएका ४० जनालाई सम्मानसहित स्वास्थ्य बिमा, उपचार र प्रशिक्षितसमेत गरेका छौँ ।’ पालिकाले जाँडरक्सी खानेलाई सम्मान गरिएको भने अवश्य हो । तर, जाँडरक्सी खाएको कारणले भने होइन ।

कार्यक्रमको ब्यानरमा भने ‘विपन्न वर्ग (श्रमिक)लाई सम्मान’ कार्यक्रम लेखिएको थियो । पालिका अध्यक्ष कार्कीले भने, ‘‘जाँडरक्सी खाएको कारणले उहाँहरूलाई सम्मान गरेका होइनौँ । जाँडरक्सीको कुलतबाट बाहिर निकाल्न, स्वास्थ्य चेतना दिन, परिवार र समाजप्रतिको दायित्व बोध गराउन व्यङ्ग्यात्मक रूपमा यो कार्यक्रम गरेका हौँ ।’कार्यक्रममा सहभागी धेरैले जाँडरक्सी छाड्ने प्रतिविद्धतासमेत व्यक्त गरेका छन् । कार्यक्रममा सहभागी ४० जनाको जनही ३५ सय रुपैयाँको दरले स्वास्थ्य बिमा गरिएको छ ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?