Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

गाउँपालिकाकाे आयोजनामा जँड्याहरू सम्मानित !


काठमाडौं ।  ‘जँड्याहा’ उपनामले अपहेलितसमेत भएका उनीहरूलाई कसैले महत्त्व दिँदैन । तर, पाल्पामा भने गाउँपालिकाकाे आयोजनामा खोजीखोजी सम्मान गरिएको छ । करिव ४० जनालाई एकै ठाउँमा भेला पारेर भव्य कार्यक्रम गरेर । रिब्दीकोट गाउँपालिकाले बिहीबार पालिकाको सभाहलमा जम्मा गरेर नियमित जाँडरक्सी खाने सात महिला र ३३ पुरुषलाई सम्मान गरेको हो ।

कार्यक्रममा सहभागीलाई माला र खादा पहिर्‍याएर सम्मानसमेत गरियो । त्यसअघि न्यानो र बलियो खालको एकएक जोर ट्रयाकसुटसमेत प्रदान गरिएको थियो । गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले भने, ‘खोजीखोजी ल्याइएका ४० जनालाई सम्मानसहित स्वास्थ्य बिमा, उपचार र प्रशिक्षितसमेत गरेका छौँ ।’ पालिकाले जाँडरक्सी खानेलाई सम्मान गरिएको भने अवश्य हो । तर, जाँडरक्सी खाएको कारणले भने होइन ।

कार्यक्रमको ब्यानरमा भने ‘विपन्न वर्ग (श्रमिक)लाई सम्मान’ कार्यक्रम लेखिएको थियो । पालिका अध्यक्ष कार्कीले भने, ‘‘जाँडरक्सी खाएको कारणले उहाँहरूलाई सम्मान गरेका होइनौँ । जाँडरक्सीको कुलतबाट बाहिर निकाल्न, स्वास्थ्य चेतना दिन, परिवार र समाजप्रतिको दायित्व बोध गराउन व्यङ्ग्यात्मक रूपमा यो कार्यक्रम गरेका हौँ ।’कार्यक्रममा सहभागी धेरैले जाँडरक्सी छाड्ने प्रतिविद्धतासमेत व्यक्त गरेका छन् । कार्यक्रममा सहभागी ४० जनाको जनही ३५ सय रुपैयाँको दरले स्वास्थ्य बिमा गरिएको छ ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?