Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

गोठमा आगलागी हुँदा बर्दियामा एक जनाको मृत्यु


बर्दिया। ठाकुरबाबा नगरपालिका-४ मैनवारमा गएराति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । गोठ र परालको टौवामा बेलुका ८ बजे आगलागी भएको थियो ।

उक्त आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्षिराम जैशीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

सो गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर लछिराम जैशीको शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ । उनको शव पोष्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको छ ।

आगलागी भएपश्चात् स्थानीयबासीले धारा र मोटरको पानीबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । पछि नेपाल प्रहरी, नगर प्रहरीले ट्याक्टरमा जडित पानी ट्याङ्करबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

मधुवन नगरपालिका दमकलको सहायताले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगरप्रहरी र स्थानीयवासीले राती ११ बजे आगो नियन्त्रणमा लिएका थिए ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?