Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

गोठमा आगलागी हुँदा बर्दियामा एक जनाको मृत्यु


बर्दिया। ठाकुरबाबा नगरपालिका-४ मैनवारमा गएराति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । गोठ र परालको टौवामा बेलुका ८ बजे आगलागी भएको थियो ।

उक्त आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्षिराम जैशीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

सो गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर लछिराम जैशीको शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ । उनको शव पोष्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको छ ।

आगलागी भएपश्चात् स्थानीयबासीले धारा र मोटरको पानीबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । पछि नेपाल प्रहरी, नगर प्रहरीले ट्याक्टरमा जडित पानी ट्याङ्करबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

मधुवन नगरपालिका दमकलको सहायताले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगरप्रहरी र स्थानीयवासीले राती ११ बजे आगो नियन्त्रणमा लिएका थिए ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?