Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

व्यावसायिक भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु


३ चैत्र, काठमाडाैँ । दक्षिण भारतीय शहर हैदरावादमा बहु-तले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी भएको हो ।

“आगलागीमा दुई पुरुष र चार महिला गरी छ जनाको मृत्यु भएको छ,” एक प्रहरी अधिकारीले भनेका छन्। त्यस्तै अन्य ६ जनाको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते ६ जना मध्ये चार जनाले आगोबाट बच्न कम्प्लेक्सबाट हाम फालेका थिए । आगलागी नियन्त्रणका लागि १२ वटा दमकल घटनास्थलमा पुगेको र शुक्रबार बिहानसम्म आगो निभाउने कार्य जारी रहेको बताइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत प्रवाहमा समस्या उत्पन्न हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।


प्रकाशित मिति: ३ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?