Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

काठमाडौं महानगरको नगर प्रहरीद्वारा पत्रकारमाथि आक्रमण


काठमाडौं। समाचार सङ्कलन गर्न पुगेका पत्रकारमाथि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले आक्रमण गरेको छ । नेपाल पत्रकार महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा नगर प्रहरीले आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको हो ।

त्यसैगरी, ‘नागरिकलाई सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई नगर प्रहरीले गरेको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ घटनामा संलग्न नगर प्रहरीलाई कारबाहीको दायरामा ल्याउन तथा संविधानप्रदत्त प्रेसको अधिकारको ख्याल गरी आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न र जफत गरिएका सामाग्री फिर्ता गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’

उक्त महासंघ प्यूठान शाखाका अनुसार फागुन १६ गते बुधवार साँझ काठमाडौंको सुन्धारामा महानगर प्रहरीले सडक व्यापारीहरूलाई बलपूर्वक हटाइ रहेको थियो भने सोही विषयको भिडियो खिचिरहेको अवस्थामा पत्रकार परिचयपत्र देखाउँदा देखाउँदै पनि नगर प्रहरीले आक्रमण गर्दै पत्रकार पोख्रेलको मोबाइलफोन, क्यामेरा, ल्यापटप तथा अन्य कागजपत्रहरू जफत गरेको शाखाले जनाएको छ ।

press release 17 fagun.docx copy

 


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?