Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने


३ चैत्र, कपिलवस्तु । कपिलवस्तुमा बुद्धको विश्वकै सबैभन्दा ठूलो मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र दुई सय ४५ मिटर अग्लो मूर्ति निर्माणका लागि समझदारी पत्रमा हस्तक्षर भएको हो ।

गौतम बुद्धले २९ वर्ष बिताएको झल्को दिने गरी मूर्ति निर्माण गरिने अन्तर्राष्ट्रिय बौद्धिष्ट केन्द्रका सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतमले जानकारी दिए ।

समझदारीपत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विई सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले हस्ताक्षर गरेका छन् ।

प्राचीन कपिलवस्तुमा बुद्धको मूर्ति निर्माण हुने भएपछि आफूलाई खुसी लागेको कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले बताए । विश्वको सबैभन्दा ठूलो मूर्ति नगरमा बन्नु गर्वको विषय भएको उनले बताएका छन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले कपिलवस्तुको विकासमा मूर्ति निर्माणले नयाँ आयाम थपिने बताए ।


प्रकाशित मिति: ३ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?