Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

‘न्यायमा पहुँच महंगो छैन भन्ने मान्यता स्थापित गरिरहेका छौँ ‘


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायमा पहुँच महङ्गो छैन भन्ने मान्यता स्थापित गरिरहेको बताउँदै उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले, स्थानीय सरकारको क्षेत्राधिकारभित्रका विवादलाई मेलमिलापका माध्यमबाट व्यवस्थापन गर्न सकिने तथ्य पनि स्थापित भएको धारणा राख्नुभएको छ । उहाँको कार्यकक्षमा महानगरपालिकाका न्यायिक सिकाइका बारेमा जानकारी लिन आउनु भएका जापान अन्तरराष्ट्रिय सहयोग नियोगका पदाधिकारीसँग छलफल गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

विवादबाट पीडामा परेको व्यक्तिसँग पीडित भएको प्रमाण नहुन सक्छ । यसमा व्यवहार पनि हेर्नु पर्छ । अनुभव सुनाउँदै डंगोलले भन्नुभयो, ‘स्थानीय सरकारलाई दिएका न्यायिक निरुपणका अधिकार हामीले वडा तहमा लगेका छौँ । महिला सञ्जाल र मेलमिलाप केन्द्रले यी अधिकारहरुको प्रयोग गरिरहेका छन् । निःशुल्क कानुनी सेवाका लागि विश्वविद्यालयका विद्यार्थीहरुलाई इन्टर्नमा लिएका छौँ । मेलमिलाप कक्ष सञ्चालन गर्न तालिम प्राप्त मेलमिलापकर्ता सूचीकरण गरेका छौँ । मेलमिलापकर्ताहरुको शुल्क महानगर आफैँले तिरिदिएर विवादका पक्षहरुले शुल्क तिर्नु नपर्ने बनाएका छौँ ।’

जति धेरै मानिस भए, विवादको संख्या उत्तिकै धेरै हुनु स्वभाविक हो । काठमाडौँमा स्थायी बसोबास गर्ने मानिसको तुलनामा अस्थायी बसोबास गर्ने व्यक्ति धेरै छन् । यस्ता व्यक्तिहरुको विवादको गहिराई थाहा पाउनु र समाधान गरिदिनु चुनौतीपूर्ण काम हो । उहाँको भनाइ थियो । महानगरपालिकाले एउटा विवादको मेलमिलापका लागि ३ वटा सत्र (फरक फरक ३ पटक) मा टुङ्ग्याउनु पर्ने कार्यविधिमार्फत व्यवस्था गरेको छ । मेलमिलापको प्रक्रियाका बारेमा जानकारी दिँदै कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यले भन्नुभयो, ‘मेलमिलापकर्ताले विवादका कुनै पनि पक्षसँग शुल्क लिन पाउँदैनन् । महानगरपालिकाले एउटा सत्रका लागि १ हजार ५ सय रुपैयाँ प्रदान गर्ने गरेको छ ।’

छलफलमा नियोगका परियोजना निर्माण सल्लाहकार (प्रोजेक्ट फर्मुलेसन एडभाइजर) जुन कुडोले विज्ञ सहयोग, आर्थिक, प्राविधिक, कार्यक्रम, स्वयमसेवकजस्ता विभिन्न ढाँचामध्ये उपयुक्त ढाँचा छानेर सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो । त्यस्तै मीहा इसोइले जनप्रतिनिधि र कर्मचारीको क्षमता विकाससँगै मेलमिलाप सम्बन्धी सामाजिक जागरणका लागि काम गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो ।

छलफलका क्रममा जापान र नेपालको छुट्टाछुट्टै सामाजिक संरचना भएकोले विवादका प्रकृति पनि फरक हुने विषयमा छलफल गर्दै न्यायिक निरुपणका विश्वव्यापी मान्य आधारभूत सिद्धान्त कार्यान्वयन गर्न कुन सामाजिक संरचनामा सहज छ । यसका चुनौती र सम्भावनाका विषयमा कुराकानी भएको थियो ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?