Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

नयाँ नक्सा दर्तासँगै अब घरधनीको बायोमेट्रिक पनि


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भवन निर्माण इजाजतका लागि.नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायो मेट्रिक लिन सुरु गरेको छ । मंगलबार (फागुन १५) गतेबाट सहरी व्यवस्थापन विभागको रजिष्ट्रेसन डेक्सबाट यो सेवा थालिएको हो । विभागका स्ट्रक्चरल इञ्जिनियर सन्तोष पाण्डेका अनुसार अहिले बुढी औला र चोर औलाको चिन्ह लिइन्छ । यसलाई अद्यावधिक गरेर रेटिना र हस्ताक्षरसहितको बनाउने योजना छ । पाण्डेकाअनुसार अहिले केन्द्रमा थालिएको सेवा सबै वडामा लगिनेछ ।

इवीपीएस प्रणालीबाट आवेदन दिनु अघि इञ्जिनियरले नक्सा बनाउँछ । यससँग सम्बन्धित कागजात संकलन गरेर फाइल (बुकलेट) तयार हुन्छ । यो डकुमेन्ट अनलाइनबाट भवन निर्माण इजाजतका लागि पेश गरिन्छ । सामान्यतया यो प्रक्रियाका लागि घरधनीले इञ्जिनियर वा परामर्शदाताको सहयोग लिएका हुन्छ । यसरी पठाइएको विवरण ठिक छ कि छैन भनेर घरधनी महानगरपालिकामा जाँच गर्न आउँदा बायोमेट्रिक लिइने हो । पाण्डे भन्नुहुन्छ, ‘महानगर आउँदा घरधनीले लालपूर्जा र नापी नक्साको सक्कल लिएर आउनुपर्छ । विवरण दोहोरो नहोस् भनेर हेर्नका लागि यो चाहिएको हो । सक्कल कागजपत्र तत्काल फिर्ता हुन्छ ।’

एकपटक बायोमेट्रिक गरिसकेपछि घरधनीले जहाँ जहाँ हस्ताक्षर गर्नुपर्ने हो, त्यो ठाउँमा प्रणालीले नै हस्ताक्षर राखिदिन्छ । यो प्रणालीलाई अहिले सम्पत्ति कर आवद्ध भइसकेको छ । बैङ्किङ् प्रणालीसँग अटोमेसन भइसकेको छ । भवन नक्सा स्वीकृतिका लागि तिर्नु बुझाउनु पर्ने सबै प्रकारका शुल्क मोवाइलबाटै तिर्न सकिन्छ । प्रणालीमा घरधनीकै मोवाइल नम्बर हुने भएकोले प्रमाणिकरण गर्न सहज हुनेछ । सम्पत्ति करसँग प्रणाली आवद्ध भइसकेकोले सम्पत्ति कर तिरेको ट्याक्स पेयर कोड (संकेत नं.) राखिसकेपछि मात्र पेज खुल्छ ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?