Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

प्रभावकारी बन्दै सुन्तला बगैँचा व्यवस्थापन कार्यक्रम


गण्डकी। पोखरा महानगरपालिकाले सञ्चालन गरेको सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

विगतमा सुन्तला प्रशस्त फल्ने गरेका भरतपोखरी, हङ्सपुर, पुरञ्चौरलगायत स्थानमा सिक्टस ग्रिनिङलगायत प्रकोपका कारण एक दशकअघि नै सुन्तला खेती सखापै भए पनि यहाँका फेदीपाटन, दोपहरे, खच्र्याङ, मास्पाटनलगायत स्थानमा भने सुन्तला खेती गरिँदै आइएको छ । यहाँका सुन्तलामा असिनाका कारण क्षति पुगे पनि अन्य रोगजन्य प्रकोप भने खासै देखिएको छैन ।

त्यस्तै, सुन्तला भएका स्थानलाई लक्षित गरी पोखरा महानगरपालिकाले यहाँको वडा नं २१ र २२ मा विगत चार वर्षदेखि सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिएका छन् । उक्त कार्यक्रमसँगै परम्परागत रुपमा सुन्तला खेती गर्दै आएका किसान पनि बगैँचा व्यवस्थापनमा ध्यान दिन थालेको उनले बताएका छन् । सो कार्यक्रमअन्तर्गत प्रोत्साहन अनुदान प्राप्त गर्नका लागि किसानले मलखाद, बोडो पेस्ट, बोडो मिक्स्चर स्प्रे गरी छापो प्रयोग गर्नुपर्दछ ।

अघिल्लो वर्षसम्म उक्त प्रक्रिया पूरा गरेका किसानलाई प्रतिबोट रु एक सय उपलब्ध गराएको महानगरले यस वर्ष प्रतिबोट एक सय ५० उपलब्ध गराउने भएको छ भने आवश्यक प्रक्रिया पूरा गर्नका लागि ३५ दिने समयावधिसहित माघ मसान्तसम्म समय दिएर सूचना निकालिएको जानकारी दिँदै कडरियाले प्राप्त निवेदनअनुसार आवश्यक मापदण्ड पूरा गरेका किसानलाई अनुगमनपश्चात् अनुदान सहयोग उपलब्ध गराइने जानकारी दिए ।

यस वर्ष लगभग २५ हजार बोटका लागि प्रोत्साहन अनुदान प्रदान गरिने उनले बताए । सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग कार्यक्रमले उत्पादनमा पनि वृद्धि भएको किसान बताउँछन् भने असिनाको प्रकोप व्यहोर्न नपर्ने हो भने यस क्षेत्रमा सुन्तलाबाट राम्रो आम्दानी हुने गरेको उनीहरूको भनाइ रहेको छ ।

कार्यक्रमअन्तर्गत अघिल्लो वर्ष किसानलाई लगभग रु २५ लाख प्रोत्साहन अनुदान उपलब्ध गराइएको प्रमुख कडरियाले जानकारी दिए ।


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?