Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

महेश बस्नेत र शोभा पाठकबीच भएकाे के हाे? के छ सीसी टीभीमा?


काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतसँग अवैध सम्बन्धमा रहेकी भनिएकी शोभा पाठकमाथि आक्रमण प्रयास भएको खुलेको छ । उनकाे बसाेबास रहेकाे काठमाडौं बिजुली बजारस्थित अपार्टमेन्टमा पुगेर उनकाे माेबाइल खाेसेकाे र आक्रमण गराउने प्रयास भएको स्रोतको दाबी छ ।

केहि समयदेखि बस्नेतसँग चलिरहेको अवैध सम्बन्ध प्रहरीसम्म पुगेपछि बस्नेतले नै पोल खुल्ने डरले आक्रमण गराउने प्रयास गरेकाे बताइएकाे छ । साथै घटनालाई भित्रभित्रै सामसुम पार्ने प्रयास भइरहेकाे बताइएकाे छ । धादिङ चैनपुरकी शोभा पाठकसँग नेता बस्नेतको अवैध सम्वन्ध स्थापित भई भारत पुगेर गर्भपतन नै गरेको भन्दै एक साप्ताहिकमा समाचार प्रकाशित भएकाे थियाे । त्यसकाे केही दिनमै घटनाले नयाँ मोड लिएको छ ।

काठमाडौंको बिजुली बजारस्थित सनराइज सिटी होमको छैठौं तल्लामा बस्दै आएकी पाठकलाई दुई जना युवाले आक्रमण प्रयास गरेको र पाठकले होहल्ला गरेपछि आक्रमणका लागि पुगेकाहरु भागेको बताइन्छ । आक्रमण प्रयासको १० मिनेटमै बिहान १०ः४५ तिर बानेश्वर प्रहरीले उद्दार गरेर लगेको हो । घटनाबारे प्रश्न सोध्न खोज्दा बानेश्वर प्रहरीले दुई वटा मोबाइल खोसेको भन्दै उजुरी दिन आएको भन्दै घटनालाई नयाँ मोड दिन खोजेको पाइएको छ । मोबाइल खोसेको अवस्थामा प्रहरीले अपार्टमेन्टमै गएर उद्दार गर्नुपर्ने अवस्था नै किन कसरी आयाे, घटना थप रहस्यमयी छ ।

प्रहरीले महिलालाई लगेको केही समयमै युवाहरूकाे समूह आएर सीसी टीभी फुटेज समेत मागिएको र सुरक्षा गार्डले आइटीले मात्रै दिन सक्ने भन्दै फर्काएको स्रोतको दाबी छ । अब यो समूहले सीसी टीभी फुटेजलाई मेटाउनेदेखि विभिन्न काम गर्न सक्ने आशंका बढेको छ । तर, यसबारे गृह प्रशासन र प्रहरी भने सूचना दिन नै आनाकानी गर्दै आएको छ । प्रहरी प्रवक्ता भीम ढकालले समेत यो घटनामा अनविज्ञता प्रकट गरिरहेकाले घटना थप शंकास्पद बन्दै गएको छ ।


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?