Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

महेश बस्नेत र शोभा पाठकबीच भएकाे के हाे? के छ सीसी टीभीमा?


काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतसँग अवैध सम्बन्धमा रहेकी भनिएकी शोभा पाठकमाथि आक्रमण प्रयास भएको खुलेको छ । उनकाे बसाेबास रहेकाे काठमाडौं बिजुली बजारस्थित अपार्टमेन्टमा पुगेर उनकाे माेबाइल खाेसेकाे र आक्रमण गराउने प्रयास भएको स्रोतको दाबी छ ।

केहि समयदेखि बस्नेतसँग चलिरहेको अवैध सम्बन्ध प्रहरीसम्म पुगेपछि बस्नेतले नै पोल खुल्ने डरले आक्रमण गराउने प्रयास गरेकाे बताइएकाे छ । साथै घटनालाई भित्रभित्रै सामसुम पार्ने प्रयास भइरहेकाे बताइएकाे छ । धादिङ चैनपुरकी शोभा पाठकसँग नेता बस्नेतको अवैध सम्वन्ध स्थापित भई भारत पुगेर गर्भपतन नै गरेको भन्दै एक साप्ताहिकमा समाचार प्रकाशित भएकाे थियाे । त्यसकाे केही दिनमै घटनाले नयाँ मोड लिएको छ ।

काठमाडौंको बिजुली बजारस्थित सनराइज सिटी होमको छैठौं तल्लामा बस्दै आएकी पाठकलाई दुई जना युवाले आक्रमण प्रयास गरेको र पाठकले होहल्ला गरेपछि आक्रमणका लागि पुगेकाहरु भागेको बताइन्छ । आक्रमण प्रयासको १० मिनेटमै बिहान १०ः४५ तिर बानेश्वर प्रहरीले उद्दार गरेर लगेको हो । घटनाबारे प्रश्न सोध्न खोज्दा बानेश्वर प्रहरीले दुई वटा मोबाइल खोसेको भन्दै उजुरी दिन आएको भन्दै घटनालाई नयाँ मोड दिन खोजेको पाइएको छ । मोबाइल खोसेको अवस्थामा प्रहरीले अपार्टमेन्टमै गएर उद्दार गर्नुपर्ने अवस्था नै किन कसरी आयाे, घटना थप रहस्यमयी छ ।

प्रहरीले महिलालाई लगेको केही समयमै युवाहरूकाे समूह आएर सीसी टीभी फुटेज समेत मागिएको र सुरक्षा गार्डले आइटीले मात्रै दिन सक्ने भन्दै फर्काएको स्रोतको दाबी छ । अब यो समूहले सीसी टीभी फुटेजलाई मेटाउनेदेखि विभिन्न काम गर्न सक्ने आशंका बढेको छ । तर, यसबारे गृह प्रशासन र प्रहरी भने सूचना दिन नै आनाकानी गर्दै आएको छ । प्रहरी प्रवक्ता भीम ढकालले समेत यो घटनामा अनविज्ञता प्रकट गरिरहेकाले घटना थप शंकास्पद बन्दै गएको छ ।


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?