Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

न्युजिल्यान्ड र अष्ट्रेलियाद्वारा फिफा निर्णयको स्वागत


३ चैत्र, एजेन्सी। यो वर्ष न्युजिल्यान्ड र अष्ट्रेलियामा आयोजना हुने महिला विश्वकप प्रतियोगिता प्रायोजनको अनुमति साउदी अरबलाई नदिने अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को निर्णयको खेल आयोजक दुवै देशले स्वागत गरेका छन् ।

प्रतियोगिताका सह–आयोजक न्युजिल्यान्ड र अष्ट्रेलियाले साउदी अरबको पर्यटन बोर्डले यस वर्षको महिला विश्वकपलाई प्रायोजन नगर्ने घोषणाको शुक्रबार स्वागत गरेका हुन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले गत बिहीबार रुवाण्डाको राजधानी किगालीमा खेल प्रायोजनको अनुमति साउदीलाई नदिने घोषणा गरेका थिए ।

साउदी अरबमा महिलालाई मानवोचित व्यवहार नगरिएको,उनीहरूलाई आधारभूत मानवाधिकारबाट वञ्चित गरिएकोलगायत त्यहाँका महिलाको स्थिति दयनीय भएकाले उक्त देशलाई महिला विश्वकपको प्रायोजना गर्ने अनुमति प्रदान नगर्न दुवै देशले फिफालाई लिखित अनुरोध गरेका थिए ।

आगामी जुलाईमा न्युजिल्यान्ड र अष्ट्रेलियाले पहिलोपटक महिला विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दैछन् । उक्त प्रतियोगितामा ३२ देशबीच प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित मिति: ३ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?